नेपालको शक्तिशाली व्यक्ति प्रचण्ड
काठमाडौं, असोज २ – अनुसन्धनात्मक वेवसाइट जीआरजी र्याकिङ्गले गरेको अध्ययन अनुसार नेपालका मुख्य दश शक्तिशाली व्यक्तिको नाममा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो नम्बरमा पर्नुभएको छ । अमेरिकाबाट सञ्चालित यो वेवसाइटले नेपालका विभिन्न क्षेत्रको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । नेपालका दश शक्तिशाली व्यक्तिमा राजनीतिज्ञ तथा व्यापारी परेका छन् । अनुसन्धान विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइनमा आएका समाचार, विचार तथा नागरिकको मतका आधारमा गरिएको हो । अनुसन्धान अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह शक्तिशाली पाँचौं नम्बरमा पर्नुभएको छ । नेपालको मर्यादाक्रम अनुसार पहिलो नम्बरमा रहेका राष्ट्रपति डा रामवरण यादव चौथो नम्बरमा पर्नुभएको छ भने कार्यकारी प्रमुख खिलराज रेग्मी तेस्रो नम्बरमा हुनुहुन्छ । यस्तै यो सूचिमा एकजना पनि महिला परेका छैनन् । १. पुष्पकमल दाहाल प्रचण्ड
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालका सबैभन्दा शक्तिशाली व्यक्तिको पहिलो नम्बरमा हुनुहुन्छ । सर्वेक्षणका अनुसार नागरिकको आशा, सामाजिक क्षेत्रको चर्चा र समाचारमा आएका विश्लेषण अनुसार नेपालका सबैभन्दा शक्तिशाली व्यक्ति प्रचण्ड हुनुहुन्छ । २. डा बाबुराम भट्टराई शक्तिशाली व्यक्तिको सूचीको दोस्रो नम्बरमा पनि एकीकृत नेकपा माओवादीका नेता नै परेका छन् । माओवादी पूर्वउपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई दोस्रो नम्बरमा हुनुहुन्छ । भट्टराईलाई आन्तरिक तथा वाह्य क्षेत्रमा आशा गरिएका र चर्चा पाएका व्यक्तिका रुपमा हेरिएको छ । ३. खिलराज रेग्मी कार्यकारी हिसाबले नेपालको पहिलो हुनुपर्ने मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी नेपालको तेस्रो शक्तिशाली व्यक्तिमा दरिनु भएको छ । रेग्मी मन्त्रिपरिषद् अध्यक्ष भएपछि एकाएक चर्चामा आउनुभएको थियो । ६४ वर्षीय रेग्मी प्रधानन्यायाधीश समेत हुनुहुन्छ । ४. डा रामवरण यादव नेपालका राष्ट्रप्रमुख समेत रहेका राष्ट्रपति डाक्टर रामवरण यादव शक्तिशाली व्यक्तिको चौथो नम्बरमा हुनुहुन्छ । ६५ वर्षीय यादव २०६५ सालमा नेपालको राष्ट्रपति बन्नुभएको थियो । उहाँ नेपालका राष्ट्रप्रमुख समेत हुनुहुन्छ । बिपी कोइरालाका निजी चिकित्सकका रुपमा लामो समय काम गरेका यादव नेपाली काँग्रेसबाट राजनीतिक जीवन सुरु गर्नुभएको थियो । ५. ज्ञानेन्द्र शाह पूर्वराजा ज्ञानेन्द्र शाह शक्तिशाली व्यक्तिको सूचिमा पाँचौ नम्बरमा हुनुहुन्छ । पूर्वराजा शाहले पछिल्लो समय सामाजिक तथा धार्मिक गतिविधि मार्फत चर्चा पाउने गर्नुभएको छ । ६६ वर्षीय शाह राजतन्त्रको अन्त्यपछि राजनीतिमा खासै सक्रिय हुनुहुन्न । उज्यालो