हिन्दु स्वयम सेवक संघ नेपाल बुटवलले नया बर्ष मानायो
लक्ष्मण पोखरेल,बुटवल,२ बैशाख-हिन्दु स्वयम सेवक संघ नेपाल बुटवल शाखाले फरक तरिकाले नया बर्ष मानाएको छ । विगतका बर्षहरुमा पनि सस्कृति रक्षा दौडको आयोजना गरी मनाएको संघले यस बर्षपनि सोही कार्यक्रम आयोजना गरी नया बर्ष मनाएको हो । ‘नयाँ सोच र जोसका साथ नयां बर्ष २०७० लाई स्वागत गर्न’ कार्यक्रम अन्र्तगत सस्कृति रक्षा दौडको आयोजना गरेको संयोजक विनोद हिरावतले जानकारी दिए । दौडको माध्ययमबाट सस्कृति रक्षा गर्न र युवा शत्तिलाई खेल माध्ययबाट अगाडि बढाउन सस्कृति दौडको आयोजना गरिएको उनको भनाई रहेको छ । बुटवलको ट्राफिक चोकबाट सुरु भएको म्याराथुन प्रतियोगीतामा प्रतियोगितामा २ सय जनाको सहभागीता रहेको थियो ।
१ गते भैरहवामा भएको प्रतियोगीताबाट प्रथम अखिलेश्वर यादब भएका थिए भने द्धितिय स्थान मानस थापाले प्राप्त गरेका थिए । त्यस्तै तृतिय स्थान राम प्रसाद काहार र चौथो स्थानमा पंकट यादव भएका थिए भने सान्तव्ना स्थान राम बहादुर चौधरीले प्राप्त गरेका थिए । ६ किलोटिरको दुरी प्रथम भएका अखिलेश यादबले २० मिनेट ४७ सेकेण्डमा पुरा गरेका थिए । विजयी प्रतियोगिताहरुले प्रथम पुरस्कार ५१ सय, द्धितिय ले ३१ सय, तृतियले ११ सय र सान्त्वनाले २ जनालाई ५/५ सय पुरस्कार पाएका थिए ।
बुटवलमा भएको प्रतियोगीतामा जसमा प्रथम पाल्पा कैलाशनगरका राम बहादुर कार्किले १८ मिनेट ४६ सेकेण्डमा पुरा गर्दै प्रथम सुकरौली–४ नवलपरासीका अखिलेस यादवले १८ मिनेट ५२ सकेण्डमा पुरा गर्दै द्धितिय र रेशा– ४ वाग्लुङ्गका यज्ञराज शर्माले १९ मिनेट १९ सेकेण्डमा पुरा गर्दै तृतिय स्थाना र कपिलबस्तु चनौटाका आन्नद सोनीले १९ मिनेट २० सेकेण्डमा र बुटवल ५पुल्चोकका ध्रुब श्रेष्ठ १९ मिनेट २८ सकेण्डमा पुरा गर्दै सान्तवना स्थान प्राप्त गरेका छन । कार्यक्रम सिने कलाकार तथा भारतिय राज्य सभा सांसद स्मृति इरानीको प्रमुख आतिथ्यमा सम्पन्न भयो हिन्दु स्वयंसेवक संध बुटवल शाखा संयोज विनोद हिरावतले सभापतित्व अध्यउक्षतामा भएको कार्यक्रमा राष्ट्रिय सघ चालक हेम शर्मा आचार्य, विश्व हिन्दु महासंघ राष्ट्रिय उपाध्यक्ष तथा जिल्ला अध्यक्ष गणेशमान सैजु, इलाका प्रहरी कार्यालय बुटवलका निरीक्षक सोम थापा, बुनपा वरीष्ठ अधिकृत भुवा प्रसाद लुइटेल लगायतको आतिथ्यता रहेको थियो ।
मध्यसंवाहक सम्पर्क प्रमुख मनोज मित्तलको स्वागत मन्तव्य तथा हिन्दु स्वयंसेवक डोलराज गैरेको संचालमा कार्यक्रमको उद्घाटन टर्च उद्घाटन राष्ट्रिय करााते खेलाडी पुष्पा गरुङ्ग तथा खेल संयोजन बालकृष्ण अर्यालले गरेका थिए ।