प्रहरीले दर्ता गरेन करणी प्रयासको मुद्दा
सलमान खांन,भैरहवा, २० माघ ।
नाबालिकालाई करणी प्रयास गरेको आरोपीमाथि प्रहरीले मुद्दा दर्ता नगरेपछि स्थानिय स्तब्ध छन् । गत माघ १२ गते विद्यालय जाादै गरेका दुई छात्रालाई करणी प्रयास गरेको आरोपमा हिरासतमा रहेका अनवर अलीलाई इलाका प्रहरी कार्यालय लुम्बिनीले मुद्दा दर्ता नगरी रिहा गरेपछि स्थानिय स्तब्ध भएका हुन् ।
गत माघ १२ गते बिहान ९:१५ बजे विद्यालय गइरहेका दुई बालिकालाई लुम्बिनी आर्दश गाविसका ३५ वर्षीय अनवर अलीले जबरजस्ती करणी प्रयास गरेको आरोपमा स्थानियले पक्राउ गरी ईप्रका लुम्बिनीमा बुझाएका थिए । आमा माविमा अध्ययनरत ती बालिकाहरु विद्यालय जाादै गर्दा गााउबाट पर एकान्तमा पुगे पछि पिछा गर्दै गएका अनवरले अभ्रद्र ब्यवहार गर्दै खेतमा पछारेका थिए । बालिकाहरुको हार गुहार सुनेर स्थानियहरुले उनलाई घटनास्थलमै पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । पिडितहरुका परिवारले ईप्रका लुम्बिनीमा गत माघ १४ गते बुझाएको जाहेरी प्रहरीले दर्ता गरेन ।
इप्रका लुम्बिनीका इन्चार्ज एवंम प्रहरी निरिक्षक अम्बिका प्रसाद गुप्ताले आफुले कुनै पनि हालतमा मुद्दा दर्ता नगर्ने बताई सकेकोले यस विषयमा केही नसोध्न अग्रह गरेको गत माघ १७ गते पीडितका साथ इप्रका लुम्बिनी पुगेका स्थानिय पत्रकार बिरेन्द्र मिश्रले बताए ।
यस सम्बन्धमा रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विक्रम सिंह थापासगा सम्पर्क गर्दा उनले भने– “इप्रका लुम्बिनीका प्रहरी निरीक्षक गुप्ताले मलाई रिपोर्ट गरे अनुसार अनवर अलीले ती बालिकाहरुलाई जबजरजस्ती करणी गर्ने प्रयास गरेको होइन् ।” उनले थपे–“जबरजस्ती करणीको प्रयास नगरेपछि कसरी जाहेरी दर्ता गर्ने ।”
यता मुद्दा दर्ता नगर्ने प्रहरी विरुद्ध कडा कदम चाल्ने स्थानियहरुको भनाई छ । स्थानिय जुगुल त्रिपाठीले अपराध सहने पनि अपराधका भागी हुने भएको बताउादै अब प्रहरीले मुद्दा दर्ता नगरेर गरेको कानुनी अपराध आफुहरुले सहन नसक्ने बताएका छन् ।