|

नारायणी विकास समाजद्वारा विद्यार्थीलाई ज्याकेट वितरण

चितवन,माघ २०-नारायणी विकास समाज नामक संस्थाले आज कविलास गाविस वडा नम्वर २ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालय स्याउली र राष्ट्रिय प्राथमिक विद्यालय  तान्द्राङका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको छ । 

राप्रपा वि स्याउलीका ८० जना विद्यार्थी र राप्रपा वि तान्द्राङका ४४ जना विद्यार्थीहरुलाई जाडोबाट वच्ने एक एक थान ज्याकेट वितरण गरिएको नारायणी विकास समाजका अध्यक्ष क्याप्टेनसुर्यवहादुर गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथी गाविस सचिव हकहित संघ चितवनका अध्यक्ष प्रद्युम्नकुमार खड्काले विद्यार्थीहरुलाई ज्याकेट वितरण गर्नु भएको थियो । कार्यक्रममा संस्थाका भिमवहादुर गुरुङ र युवराज गुरुङ सहभागी थिए । चेपाङ,दलित र आदिवासीको वाहुल्य रहेको सो क्षेत्रमा जाडोका कारण विद्यालयमा विद्यार्थीहरुको उपस्थिती न्युन रहने भएकाले ज्याकेट वितरण गरिएको अध्यक्ष गुरुङले वताउनु भयो । ज्याकेट वितरण कार्यक्रममा संस्थाका अध्यक्ष सुर्यवहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

Posted by Butwalonline on 10:52 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नारायणी विकास समाजद्वारा विद्यार्थीलाई ज्याकेट वितरण"

Leave a reply