|

अब फेसबुकमा मेसेज पठाउँदा एक डलर लाग्ने !

सन फ्रान्सिस्को, पुस ६ (एपी) - फेसबुकले आफ्नो साथी नरहेका मानिसलाई मेसेज पठाउँदा उनीहरुको इनबक्समा देखिने बनाउन एक अमेरिकी डलर लाग्ने व्यवस्थाको परीक्षण सुरु गरेको बताएको छ।फेसबुकले बिहीबारदेखि अमेरिकाका केही व्यक्तिहरुलाई यो सुविधा दिएर परीक्षण सुरु गरेको जनाएको छ।

सन् २०११ मा सुरु गरिएको 'अदर' फोल्डरमा फेसबुकमा साथी नभएकाहरुले पठाउने मेसेज जाने गर्छ, जसलाई प्रयोगकर्ताले खासै हेर्ने गर्दैनन्। एक डलर तिरेपछि भने इनबक्समा नै मेसेज देखिने फेसबुकले जनाएको छ।

शुल्क लिएपछि यसले स्पामबाट बच्न सहयोग गर्ने कम्पनीको दावी छ।यसअघि फेसबुकले गत अक्टोबरमा धेरै मान्छेलाई आफ्नो स्टायटस पढाउन पनि शुल्क लिने व्यवस्था गरेको थियो।
स्रोत :नागरिक  न्यूज

Posted by Butwalonline on 10:42 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अब फेसबुकमा मेसेज पठाउँदा एक डलर लाग्ने !"

Leave a reply