सिद्धार्थकपमा आज डिएमसि बिजयि
अशोक गौतम,बुटवल पुष, ७ - सिद्धार्थ क्लब शंकरनगरको आयोजनामा रुपन्देहिको शंकरनगरमा जारि अन्तर क्लव स्तरिय शिद्धार्थकप नक आउट फुटबल प्रतियोगिताको आज सम्पन्न खेलमा डिएमसि तुल्सिपुर बिजयि भएको छ । शंकरनगर गाबिस बडा नं १ मा अबस्थित चपरहट्टि खेल मैदानमा आज लुम्बिनि युनाईटेड क्लव बुटवलसंग भएको खेलमा डिएमसि दुई सुन्य गोल अन्तरले बिजयि भएको हो ।
डिएमसिको जितका लागि सबिन पुनले खेलको ३३ र ६८ औा मिनेटमा गरि दुई गोल गरेका थिए । खेल अवधिमा लुम्बिनि युनाईटेडले केहि राम्रा अबशरहरु पाए पनि गोलमा परिणत गर्न नसक्दा पराजय ब्होर्न बाध्य भयो । खेलमा डिएमसिका प्रकाश गुरुङले रेड कार्ड पाएका थिए । प्रतियोगिता अन्तर्गत भोलिको खेल ईन्टर स्पोर्टस क्लब बुटवल र आयोजक शिद्धार्थ क्लव रातो शंकरनगरका बिच हुने आयोजक संथाका सचिब बलबहादुर थापाले जानकारि दिनुभएको छ । आगामि पुष १७ गते सम्म चल्ने ख प्रतियोगिताका बिजेताले ५० हजार नगद, ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छन भने उप बिजेताले २५ हजार नगद र प्रमाणपत्र प्राप्त गर्ने थापाले बताउनुभयो ।
