अर्को बसलाई उछुन्ने क्रममा बस दुर्घटना हुंदा १३ यात्रु घाईते
कैलाली, ६ पुस । पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत कैलालीको चुहा–६, गुलरामा आज बिहान बस पल्टिँदा १३ यात्रु घाईते भएका छन् । घाईते मध्ये सात जनाको अवस्था गम्भीर छ । टीकापुरबाट धनगढी तर्फ आउँदै गरेको से १ ख ५२८ नम्बरको बसले अर्को बसलाई उछुन्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले जानकारी दिए ।घाईते हुनेमा बस चालक धनगढीका बिजय परियार, यात्रु जितेन्द्र चौधरी, जोशीपुरका सुनिल चौैधरी, निम्दीका श्रवण चौधरी, भगतपुर दुर्गौलीका रामबहादुर बिक रहका छन् । कैलाली टीकापुरका प्रकाश मगर, भरत अधिकारी र पारस शाह पनि घाईते भएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।दुर्गौलीकी आशा चौधरी, ओमप्रकाश मगर, मनोज मगर र हेमा मगर पनि दुर्घटनामा घाईते भएका छन् । बस बाटोबाट करिब पचास फिट तल खसेको छ ।
स्रोत :सौर्य दैनिक
