नयाँ वर्ष महोत्सवको तयारी अन्तिम चरणमा
मुक्तिप्रसाद न्यौपाने,पाल्पा, चैत २७-‘लोकसंस्कृति, परम्परा हाम्रो पहिचान, गाम्रीण विकासका लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नयाँ वर्ष २०६९ को अवसरमा हुने लोकसास्कृतिक मेलाको तयारी अन्तिम चरणमा पुगेको सोमबार तानसेनमा पत्रकार सम्मेलन गरी आयोजकले बताएकाछन् ।
आगामी वैशाष १ देखी ३ गतेसम्म पाल्पाको हेक्लाङ्ग गाविसको नौगाउमा मेला हुन लागेको बताएकाछन् । लोक सुशेली युवा समाज (प्रथम हेक्लाङ्ग महोत्सव २०६९ मूल समारोह समिति) को आयोजना र हेक्लाङ्ग गाउ विकास समितिको सह–आयोजनामा हुने मेलामा राष्ट्रिय ख्यातिप्राप्त हास्यकलाकारहरु सुन्तली र धुर्मुसको बेजोड प्रस्तुती रहने आयोजकले बताएकाछन् । तीन दिनसम्म सञ्चालन हुने मेलामा राष्ट्रिय लोक गायकहरु विमलराज क्षेत्री, रामजी खाड, शिरिष देवकोटा, कुलेन्द्र वि.क., इन्द्र जि.सी. लगायत स्थानीय तथा क्षेत्रीय कलाकारको बेजोड प्रस्तुती रहने सास्कृतिक कार्यक्रम संयोजक दिलबहादुर सिंजालीले बताए ।
नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा कालिगण्डकी किनारामा सञ्चालन हुने मेलाको स्मार्ट सेल र फ्रेन्डसिप मेनपावरले प्रयोजन गरेको छ । मेलामा श्रीनगर, आधिखोला, रामपुर एफ.एम. प्रेस्टिज मिडिया, पाल्पा समाचारपत्र र बुटवल अनलाइन अफिसियल मिडियाको रुपमा रहेकाछन् ।

