|

कपिलवस्तुका युवाहरु ब्यवसायिक कुखुरा पालन तर्फ

कपिलवस्तु,चैत  ६-कपिलवस्तु नगरपालिका– ७ का युवाहरु ब्यवसायिक कुखुरा पालन तर्फ लागेका छन् । २५ जना युवाहरुले नव युवा कृषक समुह खोलेर ब्रोयलर कुखुरा पालन तर्फ लागेका हुन ।कुखुरा पालनका लागि उनीहरुले स्थानीय एक सहकारी संस्थामा जनही ३० हजारको ऋण समेत लिएका छन् । युवा र युवती दुबै सदस्य रहेका समुहमा कुखुरा पालनका लागि योजनाबद्धढंगबाट कार्य गरीरहेका छन् । त्यसका लागि उनीहरुले ब्यवायिक कृषि तथा ब्यापार आयोजनाबाट समेत अनुदान पाउन सफल भएका छन् । ३३ लाखको कुल आयोजना मध्ये आयोजनाबाट करिव १७ लाख पाएका छन् भने बाकी ५१ प्रतिशत रकम समुहका सदस्यले उठाएका छन् ।

उनीहरुले कुखुरा पानका लागि जग्गा भाडामा लिएर ब्यवस्थित खोर समेत निर्माण गरेका छन् । त्यहा उनीहले उन्नत जातका ब्रोईलर कुखुरा पालेर आफैले बजारमा बिक्री गर्ने योजना बनाएका छन् । ब्यवस्थित बधशालाको अभाव रहेको नगर क्षेत्र भित्र आफुहरुले बधशाला समेत खोल्ने तयारी गरेका समुहका अध्यक्ष प्रकाश घिमिरले बताउनु भयो । बधशालामा समुहले उत्पादन गरेको कुखुरा मात्र नभै खसीको मासु समेत बिक्रिी गर्ने बताउनु भयो । कुखुरापालनका लागि समुहका युवाहरु अहिले पशु सेवा कायालयका प्राबिधिकसं परामर्शमा जुटेका छन् ।

२०६१ सालमा समुह स्थापना गरी केही राम्रा कार्य गरेका तिनीहरु अहिले ठोस योजनामा लागेको समुहका सदस्यहरु बताउछन् । तिनीहरुले गरेका रचानात्मक कार्यले त्यस क्षेत्रका बासीन्दा चकित भएका छन् । अल्लारे युवाहरुले के गर्नाल जस्तो लागेको थियो, तर अहिले उनीहरु कुखुरापालनका लागि ठोस योजना सहीत गरेको कार्यले अरुलाई समेत प्ररणा मिलेको स्थानीय सरोज अर्यालले बताउनु भयो । यो कार्य बिदेश जाने अरु युवाहरुका लागि प्ररणाको स्रोत बनेको उहाँको भनाई छ । समुहका सदस्यलाई देखेर अर्याल जस्तै सोचाई राख्नु भएका पशु सेवा काार्यलयका प्रमुख राज किशोर यादवले समेत अहिले ती युवाहरुले केही गर्नान जस्तो लागेको बताउनु हुन्छ । आफनो काार्यलयमा समुह युवाहरु परामर्शका लागि आउदा आफुलाई तिनीहरुले केही गर्नान जस्तो लागको थिएन, तर अहिले उनीहरु कुखुरापालनका लागि खटेको देख्दा आफनो सोचाईमा परिवर्तन आएको उहाँको भनाई छ ।

समुहद्धारा सो परियोजनाको सार्वजनिक कार्यक्रमको उद्घाट गर्दै नेपाली कांग्रसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री दीप कुमार उपाध्यायले समेत ती युवाहरुले गरेका कार्यको सराहना गर्दै बिदेशमा राजगारीका लागि जानु भन्दा स्वदेश मै केही गरेर दुई पैसा आम्दानी गर्न सक्ने बताउनु भयो । युवाहरु राजनीतिमा लाग्नु भन्दा पहिले रोजगारीमा लागेर केही आम्दानी गर्नु पर्ने उहाको भनाई छ । नगेन्द्र गिरीको संचालन तथा समुहका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पुशु सेवा काार्यलयमा प्रमुख यादव, कृषि कायाृलयका प्रमुख खुस्र्रेद अहमद खाँ, पत्रकार महासंघका जिल्ला अध्यक्ष मनोज पौडेल, राजु अर्याल लगायतले शुभ कामना मन्तब्य दिनु भएको थियो ।

Posted by Butwalonline on 6:11 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कपिलवस्तुका युवाहरु ब्यवसायिक कुखुरा पालन तर्फ"

Leave a reply