स्वागत तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
बुटवल, चैत ६ । स्वतन्त्र विद्यार्थी युनियन लुम्बिनी बाणिज्य क्याम्पसको आयोजनामा मंगलबार स्वागत तथा सम्मान एवं विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
विगतका बर्षहरुमा जस्तै आयोजना गरिएको सो कार्यक्रममा पुराना विद्यार्थी एवं नया आगन्तुक विद्यार्थी, उत्कृष्ट प्रध्यायपक, उत्कृष्ट कर्मचारी र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । उत्कृष्ट प्राध्यायापकहरुमा भरत भुषाल, महेश चौधरी, राजेन्द्र मल्ल र णकृष्ण भट्टराई सम्मानित भएका छन् । त्यस्तै उत्कृष्ट कर्मचारीमा मान बहादुर बराल सम्मान भएका छन् ।
सो अवसरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षण ज्ञानु पाण्डे तथा सिद्धार्थ कला केन्द्रका सुरेश पाण्डेलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको स्वतन्त्र विद्यार्थी युनियन लुम्बिनी बाणिज्य क्याम्पसका सचिव सरोज पोखरेलले जानकारी दिए । क्याम्पस प्राङ्गणमा आयोजित सो कार्यक्रम एक कार्यक्रमका विच संविधान सभा राज्य व्यवस्था समितिका पुर्व सभापति एवं अनेरास्वीयुका पुर्व केन्द्रीय अध्यक्ष रामनाथ ढकालले उद्घाटन गरे ।
कार्यक्रम स्ववियु सभापति सन्दीप कुमार वि.क को अध्यक्षता, स्ववियु सदस्य जीवन आर्चायको स्वागतमा भएको कार्यक्रममा नब आगन्तुक विद्यार्थी जीवन अर्यालले धन्यबाद मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधी, क्याम्पस प्रमुख डा. ईश्वर गौतम, रुपन्देही व्यापार संघका अध्यक्ष टंक पोख्रेल, पुस्तक तथा स्टेश्नरी व्यवसायी रुपन्देहीका अध्यक्ष यमलाल लोहनी,बुटवल बहुमुखी क्याम्पसका पुर्व सभापति बावुराम पन्थी, अनेरास्वीयु पुर्व जिल्ला अध्यक्ष यमराज पाण्डे, विद्यार्थी सुरज भण्डारी लगाएतले बोलेका थिए ।