|

रेडियो मलमलाको सञ्चालक समिति गठन

मुर्गिया (पर्रोहा) रुपन्देही । रुपन्देहीको पश्चिम क्षेत्र पर्रोहा–१ मुर्गियाबाट प्रसारित मलमला मिडिया प्रा.लि.द्वारा सञ्चालित रेडियो मलमला ८८.६ मेघाहर्जको सोमबार सम्पन्न शेयरधनीहरुको वृहत भेलाले प्रा. लि. को सुसञ्चालनका लागि सञ्चालक समिति गठन गरेको छ ।

भेलाद्धारा निर्मित सञ्चालक समितिको अध्यक्षमा बालकृष्ण चापागाईं, प्रबन्ध निर्देशकमा नारायण प्रसाद अर्याल र सञ्चालक सदस्यहरुमा गोविन्द लम्साल, खुसीराम चौधरी, भिमलाल भट्टराई, मिनप्रसाद पौडेल, प्रेमबहादुर खड्का, कृष्णबहादर कुँवर र रुपा शाह हुनुहुन्छ । त्यस्तै गरी लेखा समितिको संयोजकमा चित्रबहादुर के.सी. र सदस्यहरुमा अजय अधिकारी एवं राजबहादुर क्षेत्रीलाई चयन गरिएको छ । रेडियोको स्टेशन मेनेजरमा ऋषि न्यौपाने हुनुहुन्छ ।

रेडियो मलमलाको प्रसारण प्रारम्भ २०६९ असार २८ बाट भएको हो । यो रेडियोले स्थापना काल देखिनै स्रोतालाई १८ घण्टा प्रसारण सेवा दिइरहेको छ । उज्यालो नेटवर्कका कायाकैरन र नेपाल दर्पण तथा वीवीसी नेपाली सेवाका समाचारलगायतका विभिन्न लोकप्रिय कार्यक्रमहरु यसले प्रसारण गर्दै आएको छ ।

Posted by Butwalonline on 5:33 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रेडियो मलमलाको सञ्चालक समिति गठन"

Leave a reply