नेपाल निजामती कर्मचारी संगठनद्धारा रक्तदान कार्यक्रम सम्पन्न
नारायण प्रसाद भण्डारी ,बुटवल,चैत्र ६ - नेपाल निजामती कर्मचारी
संगठन, जिल्ला कार्यसमिति, रुपन्देहीले बुटवलको मिलनचोकमा रक्तदान
कार्यक्रम सम्पन्न गरेको छ । गतबर्ष बुटवलको मिलनचोकमा भएको मोटरसाईकल
दुर्घटनामा परी मृत्यु भएका तत्कालिन जिल्ला वन कार्यालय, रुपन्देहीका
कर्मचारीहरु नमराज श्रेष्ठ र दिलिपकुमार न्यौपानेको प्रथम स्मृति दिवसका
अवसरमा रक्तदान कार्यक्रमको आयोजना निजामती कर्मचारी संगठनले गरेको हो ।
संगठनका
जिल्ला अध्यक्ष नारायणप्रसाद भण्डारीको अध्यक्षता, संगठनका केन्द्रीय
उपाध्यक्ष यज्ञमूर्ति भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको
कार्यक्रममा यज्ञमूर्ति भण्डारी, बिशेष अतिथि स.प्र.जि.अ.कृष्णप्रसाद खनाल,
संगठनका केन्द्रीय सदस्य डासुराम पाण्डेय, के.स.टिकाराम अधिकारी,
राष्ट्रिय कर्मचारी महासंघका के.स.कृष्ष्ण बन्जाडे, नेपाल निजामती कर्मचारी
युनियनका उपाध्यक्ष गोकुल रिजाल, रा.कर्मचारी संगठनका अध्यक्ष लक्ष्मण
आचार्य, जिल्ला जन स्वास्थ्य कार्यालयका प्रमुख महेश्वर श्रेष्ठ, वन
कार्यालयका रुद्र ज्ञवाली, हेभी इक्वीपमेन्ट कार्यालयका मेघदेव पन्त लगायत
विभिन्न महानुभावहरुले मन्तब्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम
संगठनका सचिव खगराज उपाध्यायको संचालन तथा निबर्तमान अध्यक्ष एवं
के.प्र.मेघदेव पन्तको स्वागतमा सम्पन्न भएको थियो । उक्त खुल्ला रक्तदान
कार्यक्रममा निजामती कर्मचारी लगायतका २६ जनाले रक्तदान गर्नु भएको थियो ।
रक्त रंचार सेवा केन्द्रको प्राविधिक सहयोग र निजामती कर्मचारी संगठन,
प्रारम्भिक कमिटी, हेभी इक्वीपमेन्ट डिभिजन कार्यालय, बुटवलको ब्यबस्थापनमा
कार्यक्रम सम्पन्न गरिएको थियो ।