जन्ति बोकेको बस दुर्घटना १ को मृत्यु
हेमराज भट्ट/नेपालगन्ज-जन्ती बोकेर हिडेको बस दुर्घटनामा १ को मृत्यु भएको छ भने २१ जना घाईते भएका छन् ।
घाईते मध्ये ९ जनाको अवस्था गम्भिर रहेको छ । बर्दियाको कालिका गाविसबाट दुलाहा सहित जन्ती लिएर गुलरिया ५ बगही (दुलही घरतर्फ) हिडेको ना ३ ख ६२३० नम्बरको बस दुलहीको घर नजिक गुलरिया ५ तुल्सीपुर गणेश चोकमा दुर्घटना हुादा मोतीपुर ७ बर्दियाका ३० बर्षिय जगतबहादुर चौधरीको घट्ना स्थलमै मृत्यु भएको हो ।दुर्घटनामा २१ जना घाइते भएका छन् । घाईते २१ जना मध्ये गम्भिर ९ जनालाई थप उपचारका लागि नेपालगंज लगिएको छ भने अन्य सामान्य घाईतेको जिल्ला अस्पताल गुलरियामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।बसको गति तिब्र भएका कारण ब्रेकरमा गाडी उफ्रिएर अनियन्त्रित भई दुर्घटना भएको प्रत्यक्षदर्शी सशस्त्र प्रहरी निरिक्षक उपेन्द्र प्रसाद मण्डलले बताउनुभयो । सशस्त्र प्रहरीको गाडी दुर्घटना स्थल नजिकै रहेकोले तुरुन्तै सशस्त्र प्रहरीले घाइतेहरुको उद्दार गरेको थियो ।
