कृषि कार्यालयका प्रमुख खाँ सहीत ३४ कृषक सम्मानित
कपिलवस्तु, ८ फागुन-कपिलवस्ुतमा क्रियाशील एक गैर सरकारी संंस्थाले बरिष्ठ कृषि बिकास अधिकृत खुस्र्रेद अहमद खाँ सहीत ३४ कृषकलाई एक समारोहका बिच तौलिहवामा सम्मानित गरेको छ । बुटवलमा हालै संपन्न चौथो कृषि तथा प्राङ्गारिक मेलमा स्टल ब्यवस्थापन प्रर्बद्धन तर्फ प्रथम स्थान हासिल गरी जिल्लाको उच्च नाम राख्न सफल भएको भन्दै माहुरी होमले कृषि कार्यालयमा प्रमुख खाँ सहीत ती कृषकहरुलाई सम्मानित गरेका हो । २६ जिल्लामा मध्ये कपिलवस्तु प्रथम भएको थियो । मेलमा जिल्लाका कृषकहरुले उत्पादन गरेका ८९ कृषि उपज प्रर्दशनका लागि लगिाएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा स्थानीय विकास अधिकारी रामप्रासद पाण्डेयले खाँलाई दोसल्ला ओढाई सम्मानित गर्दै गाबिसहरुमा कुल बजेटको १५ प्रतशत कृषि क्षेत्रमा बजेट विनियाजन गर्न आफुले गाबिस सचिवलाई निर्देशा दिएको बताउनु भयो । भएको थियो । त्यस्तै सोही अवसरमा जिल्लाका अगुवा ३४ कृषकलाई गम्छा ओढाएर सम्माति गरिएको थियो । सो अवसरमा कृषि मन्त्रालयका सह सचिव राम प्रासद पुलामीले समग्र कृषकहरुको प्रयासले जिल्ला प्रथम भएकोमा बधाई दिदै रासायनिक मल, पशु र बालीनाली बिमा, साना सिंचाई लगायतका बिषयमा सरकारले लगानी बढाउनु पर्ने बताउनु भयो । बजेट कटौतीले गर्दा कृषि क्षेत्रमा समेत प्रभाव परेको उहाले बताउनु भयो ।
रबि ठाकुरको अध्यक्षता र रामदयाल ठाुरको संचालनमा भएको कार्यक्रममा क्षेत्रीय कृषि निर्देशनालयका धर्मदत्त बराल, प्रहरी उपरिक्षक राजेन्द्र ढकाल, माया ज्ञावाली, थानेश्वर शर्मा, लिला आचार्य लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।
