जातिय सद्भाबका लागि महायज्ञशुरु
विनोद परियार,बुटवल ,२० पुस -जातिय सद्भाबकालागि आजदेखि बुटवलमा श्रीमदभागवत महायज्ञ शुरु भएको छ । क्षत्री समाज नेपाल रुपन्देहीको आयोजनामा आजदेखि शुरु भएको महायज्ञको समाजसेवी बयोबृद्ध जय बहादुर भण्डारीले उद्घाटन गर्नुभयो । महायज्ञको उद्घाटन अगाडि बुटवलमा बृहत शोभा कलश यात्रा निकालिएको थियो ।
जातिय सद्भाव कायम गर्ने तथा बहुउद्धेश्यीय भवन निमार्णका लागि महायज्ञ शुरु गरिएको समाजका जिल्ला अध्यक्ष लेख बहादुर कार्कीले बताउनुभयो ।महायज्ञमा पुस २८ गतेसम्म वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको टोलीले संगितमय कथा बाचन गर्नेछ ।
आज बिहान महायज्ञ स्थल बुटवलमण्डपबाट निस्कएको बाजागाजा सहितको कलशयात्राले बुटवल बजार परिक्रमा गरेको थियो । अध्यक्ष लेख बहादुर कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल, क्ष्ोत्रि समाजका केन्द्रिय अध्यक्ष दिल बहादुर क्षेत्रि,महासचिब कुमार खड्का,कोषाध्यक्ष केशबहादुर क्षेत्री ,अञ्चल अध्यक्ष टिका कुवर,महासचिब लिल बहादुर क्षेत्री,शिब अधिकारी,समाजका वरिष्ठ उपाध्यक्ष गुप्त बहादुर केसी,लक्ष्मण थापा,मूलकर्ता गुणनीधि पन्थी लगायतले बोल्नुभएको थियो ।