|

लुम्बिनीका तीन जिल्लाको बन्द खुल्यो

विनोद परियार,बुटवल ,२० पुस । नेकपा माओबादी अवद्यराज्य समितिले आह्वान गरेको लुम्बिनीका तीन जिल्ला बन्द साझ ४ बजेपछि खुलेपछि  जनजीवन सामान्य भएको छ ।

प्रहरी नियन्त्रणमा आफ्ना नेताको मृत्यु भएको घटनाको विरोधमा विभिन्न माग राख्दै नेकपा माओवादीले गरेको बन्दले तराईका रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाको बन्द आह्वान गरेको थियो । बन्द खुलेपछि  बिहानैदेखि रोकिएका सवारी साधन चलेका छन् । भने बजार पनि खुलेका छन् । माओवादीका कार्यकर्ताहरु बन्द सफल बनाउन दिनभर  सडकमा उत्रिएका थिए । बन्दका क्रममा प्रहरीले विहान बुटवलबाट चार जना र भैरहवाबाट चारजना माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ । बुटवलबाट जनस्वयंसेवक रुपन्देहीका अध्यक्ष नवीन रोकाय र सदस्य दीपक थापा तथा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रामचन्द्र पन्थी र जिल्ला उपाध्यक्ष मनकुमार कनौजे मगरलाई नियन्त्रण लिएर इलाका प्रहरी कार्यालय बुटवलमा राखेको माओवादी रुपन्देही इन्चार्ज बसन्त श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै भैरहवाबाट इलाका नं ४ का इन्चार्ज नवीना थारु,हाटीवनगाई इन्चार्ज शंकर ज्ञवाली,मैनहिया इन्चार्ज श्यामविहारी थारु र भैरहवाका नजाम साफी धोबी लाई पक्राउ गरेको छ । यसैगरी नवलपरासीको गैडाकोटबाट अखिल नेपाल क्रान्तिकारी औधोगिक मजदुर संघ नवलपरासीको जिल्ला अध्यक्ष चन्द्रप्रकाश सुनार पक्राउ परेका छन् ।

 यसैबीच मृतक नेकपा माओवादी राज्य समिति सदस्य रुपन्देही फरेना २ का ३७ वर्षिय शैलेन्द्रनाथ तिवारीको शबको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पोष्टमार्टमपछि नेकपा माओवादीको बुटवलस्थित कार्यालय रातो घरमा श्रद्धान्जलीपछि शवयात्रा गरेर बुटवलको मगरघाटमा अन्त्येष्टी गरिएको छ  । अन्त्येष्टीमा माओवादी केन्द्रीय सदस्य चन्द्रहरी सुवेदी,अवध सेक्रेटरी उमा भुजेल,जिल्ला इन्चार्ज बसन्त श्रेष्ठ लगायतका नेताहरु सहभागी भएको नेता शरद वलीले जानकारी दिनुभयो । महाधिवेशनको प्रचारप्रसारका क्रममा खटिएका नेताको गिरफ्तारी आपत्तिजनक रहेको, गिरफ्तारीपछि प्रहरी नियन्त्रणमा मृत्यु भएकाले मृत्युको जिम्मेवार प्रहरी प्रशासनले लिनुपर्ने,दोषीलाई कारवाही हुनुपर्ने , पीडित परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने र मृतकलाई शहदि घोषणा गर्नुपर्ने लगायतका माग माओवादीले राखेको छ । घटनाको छानवीन गर्न प्रशासनले छानवीन समिति भने हिजो नै गठन गरेको छ ।

Posted by Butwalonline on 2:05 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लुम्बिनीका तीन जिल्लाको बन्द खुल्यो"

Leave a reply