बलेश्वर गणेशराम केशरवानी धर्मशालाको साधारण सभा सम्पन्न
विनोद परियार,बुटवल ,२० पुस - बलेश्वर गणेशराम केशरवानी धर्मशाला बुटवलको १९ औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभा बुटवल नगरपालिकाका कार्यकारी सचिव खिम बहादुर रायमाझीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
सभामा अध्यक्ष महेश्वर श्रेष्ठको बार्षिक प्रतिवेदन र सदस्य सचिव डा.द्धारिका प्रसाद प्रधानको प्रतिवेदन पारित गरिएको थियो । कार्यक्रममा नगरपालिकाका सचिव खिम बहादुर रायमाझी,विश्वहिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष गणेशमान सैजु,बुटवल उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठ,नगरपालिकाका प्रशाशकिय अधिकृत कृष्ण प्रसाद ज्ञवाली,पूर्व अध्यक्ष जीवन प्रसाद ओझा,सत्य साई केन्द्र बुटवलका अध्यक्ष पवित्रा पाण्डे,धर्मशालाका कोषाध्यक्ष चित्रमान गौचन लगायतले बोल्दै धर्मशालाले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताएका थिए । सो अवसरमा सत्यसाई केन्द्र बुटवलको टोलीद्धारा भजन प्रस्तुत गरिएको थियो ।