महिला हिंसाका घटना बढेकोमा अखिलको ध्यानाकर्षण
विनोद परियार,बुटवल ,२० पुस - अनेरास्ववियु रुपन्देहीले पछिल्लो समय महिला हिंसाका घटना बढ्दै गएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अनेरास्ववियुले आज एक विज्ञप्ती जारी गरी देशका विभिन्न ठाउामा महिलामाथि हत्या, आक्रमण, कुटपिट र बलात्कार जस्ता जघन्य अपराधका घटना घटेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।संगठनका जिल्ला अध्यक्ष सरोज पोखरेलद्वारा जारी विज्ञप्तीमा महिलामाथि हिंसाका घटना बढेपनि पीडकहरुलाई कुनै कारवाही नहुनु आश्चर्यजनक रहेको भन्दै तत्काल घटनाका दोषीहरुलाई पक्राउ गरी कानुनी कारवाही थाल्न सरकारसाग आग्रह गरेको छ ।
घटनामा संलग्नलाई कारवाही नगरिए यस्ता घटना फेरि बढ्न सक्ने भन्दै अनेरास्ववियुले घटनाको विरोधमा महिला संगठन तथा अधिकारकर्मीहरुले सञ्चालन गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।