मोतिपुर उमावि रुपन्देहीको अन्तर सदनात्मक फुटबल प्रतियोगिता संपन्न
बुटवल,१७ कात्तिक । मोतिपुर उमावि रुपन्देहीको नियमित अतिरिक्त क्रियाकलाप अन्तरगत अन्तर सदनात्मक फुटबल प्रतियोगिता अन्तरगत माछापुछ्ेर सदनलाई २–१ ले हराउँदै सगरमाथा सदन विजयी भएको छ । मोतिपुर– ६ स्थित धन्दापुर फुटबल मैदानमा प्रथम चरणको खेल २०६९ असोज १९ गते भएको प्रतियोगितामा सगरमाथा सदन र माछापुछ्रे सदन विजयी भएको हो ।
सोही खेल मैदानमा आज भएको फाइनल खेल सुरु भएको २० मिनेटमा सगरमाथा सदनका गोविन्द खत्रीले माछापुछ्रे सदनका विरुद्ध प्रथम गोल गरेका थिए । त्यस्तैगरी खेलको दोस्रो हाफमा अनिल काउचाले दोस्रो गोल गरी सगरमाथा सदनलाई अगाडि बढाएका थिए भने माछापुछ्रे सदनका विशाल थारुको कर्नर किकमा वीरबहादुर थारुले १ गोल गरेर आफ्नो सदनलाई निल हुनबाट जोगाएको जानकारी विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक नरेन्द्र शर्माले जनाएका छन् ।