धान बरामद गरेपछि प्रहरी चौकी घेराउ
रुपन्देही, कात्तिक १७ – प्रहरीले बरामद गरेको धान फिर्ता गर्नुपर्ने माग गर्दै रुपन्देहीको पोखरभिण्डिका स्थानीयवासिन्दाले मैनिहवा प्रहरी चौकी घेराऊ गरेका छन् । उनीहरुले बिहीबारराती देखि नै प्रहरी चौकी घेराउ गरेका हुन् ।स्थानीय हाई नाउले भारतवाट आफनो घर लखनउतिया ल्याउदै गरेको ४ क्वीन्टल धान प्रहरीले बरामद गरेपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन । स्थानीय वासिन्दाले धान पनि ल्याउन नदिने मल पनि ल्याउन नदिने भन्दै प्रहरीको विरोध गरेका छन् ।
