|

बुटवल युनाइटेड रञ्जन सागर स्मृति कपको क्वाटर फाइनलमा

बुटवल,१७ कात्तिक । बुटवल युनाइटेड क्लब बुटवलमा जारी रञ्जन सागर स्मृति कप नकआउट फुटवल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । शुक्रवार सुनौलो संगम युवा क्लब विरुद्ध ४–१ को नतिजा निकाल्दै बुटवल युनाइटेड क्वाटर फाइनलमा प्रवेश गरेको हो । अब युनाइटेडले क्वाटर फाइनलमा लिस्नु युवाक्लबको सामना गर्नेछ ।

बुटवल युनाइटेडको जितमा रेशम रानाले २ तथा विष्णु गुरुड्ड र मनोज गुरुड्डले १–१ गोल गरे । सुनौलोको लागि ढक बहादुर थापाले १ मात्र सान्त्वना गोल गरेका थिए । आज शनिवार एनफा एकेडेमी बुटवल र क्रिष्चियन युथ क्लब बीच प्रतियोगिता हुनेछ ।

Posted by Butwalonline on 6:27 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " बुटवल युनाइटेड रञ्जन सागर स्मृति कपको क्वाटर फाइनलमा"

Leave a reply