|

कपिलवस्तुको रामघाटमा बृद्ध आश्रमको शिलान्यास

कपिलवस्तु, १७ कार्तिक -कपिलवस्तु नगरपािलका– १३ रामघाटमा बृद्ध आश्रम निर्माण हुने भएको छ । रामजानकी मन्दिरको परिसरमा सो आश्रम निर्माण कार्य शुरु भएको छ । पुर्व मन्त्री दान बहादुर चौधरीले एक समारोहका बिच पुजाआजा गरी शुक्रवार जगमा पाच वटा ईटा हालेर सो भवनको शिलान्यास गर्दै भवन निर्माणले बृद्ध बृद्धाहरुलाई बस्नका लागि सजिलो हुने बिश्वास ब्यक्त गरे । सो भवन निर्माणका लागि सरकारबाट थप सहयोगका लागि आफुले सक्दो पहल गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको २५ लाखको सहयोग तथा सन साईन सामाजिक विकास केन्द्रको अगुवाईमा सो भवन निर्माण शूरु भएको हो । चार महिनामा निर्माण संपन्न हुने सो भवनमा २५ जना बृद्धबृद्धाहरु बस्न सक्ने निर्माण समितिका  संयोजक कृष्ण श्रेष्ठले बताए । तीन कोठे भवनमा दुई शौचालय, भान्सा, बरण्डा समेत रहने बताईएको छ ।

परसुराम यादवको अध्यक्षतमा भएको कार्यक्रममा ज्येष्ठ नागरीक संघका जिल्ला अध्यक्ष गोपाल बहादुर सिंह, नागरीक समाजका गोपाल प्रसाद गुप्ता, जीत बहादुर चौधरी लगायतले शुभ कामना मन्तब्य दिएका थिए ।

Posted by Butwalonline on 6:28 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कपिलवस्तुको रामघाटमा बृद्ध आश्रमको शिलान्यास"

Leave a reply