|

बुटवलको अमरपथमा पाचौं अमरपथ दीपावली महोत्सव हुने

बुटवल,१७ कात्तिक । बुटवलको अमरपथमा पाचौं अमरपथ दीपावली महोत्सव हुने भएको छ । अमरपथ टोल विकास समितिको आयोजनामा यहि कात्तिक २७,२८ र २९ गते बुटवलको मुख्य बजार अमरपथमा महोत्सव हुन लागेको हो । प्रत्येक बर्ष शुभ दीपावलीको अवसर पारेर आयोजना गरिदिै आएको महोत्सवमा यस बर्ष पनि विविध सास्कृतिक कार्यक्रमका साथै टोल झिलीमिली र सरफाई कार्यक्रम गरिने महोत्सव आयोजक समिति संयोजक दीपक विश्वकर्माले बताउनुभयो ।उहाका अनुसार तीन दिनसम्म टोल सरसफाई,सास्ृकतिक कार्यक्रम र चारैतिर दीप प्रज्जवल गरिने छ । यसैविच महोत्सव सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ । महेन्द्र भण्डारी सुरक्षा ब्यवस्थापन,विक्रम केसि सास्कृतिक कार्यक्रम,पुरन हेजु सरसफाई,राजेश थैव साजसज्जा,राजेन्द्र ध्वजु अतिथि सत्कार,प्रकाश श्रेष्ठ प्रचार प्रसार संयोजक रहने गरि उपसमिति गठन गरिएको हो।

तिहार पर्वको महत्वलाई दर्शाउन र टोलको प्रचारका लागि महोत्सव राखिएको आयोजकहरुले जनाएका छन् ।

Posted by Butwalonline on 6:29 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवलको अमरपथमा पाचौं अमरपथ दीपावली महोत्सव हुने"

Leave a reply