मधेसी समुदायका महिलाहरुले कपिलवस्तुमा करवा चौथ मनाए
कपिलवस्तु, १७ कार्तिक पतिको लामो आयुको कामना गर्दे मधेसी समुदायका महिलाहरुले कपिलवस्तुमा करवा चौथ हर्षोल्लासका साथ मनाएका छन् । यस अवसरमा शुक्रवार दिनभरी उनीहरु निर्जल तथा निराहार ब्रत बसी भगवनसंग आफ्नो श्रीमानको लामो आयु तथा सुख संबृद्धिको कामना गरेका हुन् ।
कार्तिक कृष्णपक्ष तृतीयाका दिन यो पर्व हरेक बर्ष तराईका महिलाहरुले धुमधमसंग रमाइृलो गरी मनाइने गरिन्छ । यस अवसरमा महिलाहरु राति चन्द्रमा नदेखिन्जेल ब्रत बस्ने गर्दछन् । राति चन्द्रमाको बिशेष पूजाअर्चना गरी चाल्नोले आफनो श्रीमानको मुख हेर्नै चलन रेहेको कपिलवस्तु नगरपालिका – ४ की सुनता सैनी बताउछिन् ।
चन्द्रमाको पूजा पछि श्रीमानले पानी खुवाएर महिलाहरुको ब्रत तोडने गर्दछन् । यस दिन ब्रत बस्ने महिलाहरु सधै सुहागीन रहेने ब्रतालु महिलाहरुको बिश्वास रही आएको छ । यस अवसरमा घरमा नयाा चामलको पीठोबाट बिभिन्न परिकार, मिठाई लगायतका परिकारहरु बनाई खाने चलन रही आएको छ । पूजाको प्रसाद छर छिमेक तथा ईष्टमित्रलाई बाडेने समेत गरिन्छ । यो पर्व भारतमा निकै रमाइृलो गरी मनाईन्छ ।