|

ग्लोबल क्यापिटल इन्भेस्टमेन्ट कम्पनीले दुबइमा पनि वार्षिक कार्यक्रम गर्ने


उमाकान्त पाण्डे गाउले,दुबइ - ग्लोबल क्यापिटल इन्भेस्टमेन्ट कम्पनीको वार्षिक कार्यक्रम गरिने भएको छ । कम्पनी स्थापना भएको एक बर्ष भएको अवसरमा सो कार्यक्रम गरिन लागिएको हो ।

बिदेशमा कामगर्ने नेपालीको लागानीमा स्थापना गरिएको ग्लोबल क्यापिटल इन्भेस्टमेन्ट कम्पनीले दसैं तथा तिहारको अवसरमा शुभकामना आदन-प्रदान एवम अन्तरकृया गर्ने भएको हो । कम्पनीका दुबइमा रहेका सेयर सदस्यहरुको बिचमा सो अन्तर्कृया गर्न लागिएको हो ।

यही आउदो शुक्रबार दुबइको बरदुबईमा रहेको सिन्ध पन्जाब रेस्टुरेन्टमा दिउस ३ बजे देखी साझ ०६ बजे सम्म कार्यक्रम हुने छ । दुबइ बाट सो कम्पनीमा बोर्ड अफ कमिटीमा समाजसेवी कृष्ण ढकाल र अन्य धेरै सेयर सदस्य रहेका छन । आयोजकले कम्पनीका सम्पूर्ण सेयर सदस्य तथा अन्य सम्पूर्ण शुभचिन्तकलाई उपस्थितीको लागि अनुरोध गरेको छ।

Posted by Butwalonline on 4:04 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ग्लोबल क्यापिटल इन्भेस्टमेन्ट कम्पनीले दुबइमा पनि वार्षिक कार्यक्रम गर्ने "

Leave a reply