गजल
**************
दैव ! तिम्ले सधैंभरि हराएरै छाड्यौ |
जताततै बिल्लीबाठ गराएरै छाड्यौ|
फुल्नुपर्ने फूलहरु ओइलाउन थाले |
बेदनाका आँशु हरु झराएरै छाड्यौ|
सबै तिर भताभुङ्ग लथालिङ्ग भयो |
दिनदिनै आपतबिपत पराएरै छाड्यौ |
चस्किएर भित्रभित्रै दुख्नथाल्यो छाती |
मुटु पनि कम्जोर भयो डराएरै छाड्यौ |
हाँसखेल गर्ने बेला बित्न आँट्यो रुँदै |
जिन्दगीलाई पलपल मराएरै छाड्यौ |
गजलकार :कोमल भट्ट ,काठमाडौँ
हाल :- न्युयोर्क,अमेरिका

