|

मेचिकाली बहुउद्धेश्य सहकारी संस्था बुटवलको साधारण सभामा सम्प्न्न


लक्ष्मण पोखरेल,बुटवल, २७ असोज । नेपालमा सहकारी बिनाको बिकाश सम्भव नभएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । आर्थिक रुपले मध्यम बर्गका नागरिकको संख्या नेपालमा बढि भएकाले पनि नेपालमा सहकारीको आवश्यकता बढि रहेको उनिहरुले बताए । मेचिकाली बहुउद्धेश्य सहकारी संस्था लिमिटेड बुटवलको १३ औं साधारण सभामा सनिबार बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले आगामी ५ बर्ष भित्र अधिकांश नेपालीलाई सहकारीमा आबद्ध गरिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै जिल्ला बचत संघका सचिब कृष्ण प्रसाद नेपालले सहकारी मार्फत सेवा  र ब्यवसाय गरि आर्थिक परिवर्तन गर्नुपर्ने बताउनुभयो ।   कार्यक्रममा रेडियो लुम्बिनीका अध्यक्ष डि आर घिमिरे, देवेन्द्र ध्वजु, महेश्वर श्रेष्ठ, भाष्करनाथ  पाण्डे लगाएतले बोल्नुभएको थियो ।

धु्रवराज पन्थीको अध्यक्षतामा भएको साधारण सभाले आर्थीक बर्ष २०६८/०६९ को ७२ लाख ७१ ह्जार बराबरको आम्दानी र ३४ लाख २० हजार बराबरको खर्च बिबरण अनुमोदन गर्दै चालु आर्थिक बर्षका लागि ८७ लाख १३ हजार अनुमानित आम्दानी र ८३ लाख ७८ हजार बराबरको खर्च बिबरण कोषाध्यक्ष नरेश पाण्डेले प्रस्तुत गर्नुभएको थियो । लेखा समिति सदस्य तुलसीनाथ पौडेलले लेखा प्रतिबेदन प्रस्तुत गर्नुभएको साधारण सभा तेजकुमार पाठकको स्वागत र बालाराम भट्टराईको संचालनमा सम्प्न्न भएको हो ।

त्यस्तै धर्ती बचत तथा ऋण सहकारी संस्था आनन्दबन ४ को चौथो साधारण सभा सनिबार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै जिल्ला बचत संघ रुपन्देहीका सचिब कृष्ण प्रसाद नेपालले बचत रकम उत्पादनमुलक काममा लगानी गर्न जोड दिनुभयो ।

चन्द्रकान्त न्यौपानेको अध्यक्षता, टिकाराम न्यौपानेको स्वागत र ईन्द्रप्रसाद सापकोटाको संचालनमा भएको कार्यक्रममा उदयराज भण्डारी, नारायण रेग्मी, राजकुमार पाण्डे, चेतनारायण भट्टराई, हरि प्रसाद न्यौपाने लगाएतले बौल्दै सहकारीहरुको सफलता सदस्यहरुको हातमा रहेको बताउनुभयो । करुणा गौतमले लेखा प्रतिबेदन प्रस्तुत गर्नुभएको सभामा चालु आर्थिक बर्षका लागि ११ लाख ४६ हजार बराबरको अनुमानित आम्दानी खर्च बिबरण प्रस्तुत गरिएको थियो । सो अवसरमा आर्गेनिक करेसाबारी निर्माणका लागि ५० जनाको समुहलाइए तालिम दिने निर्णय पनि भएको छ ।


Posted by Butwalonline on 6:42 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मेचिकाली बहुउद्धेश्य सहकारी संस्था बुटवलको साधारण सभामा सम्प्न्न"

Leave a reply