मधेश मानवअधिकार गृह माहुरीहोम कपिलवस्तुको साधारण सभा सम्पन्न
रामग्राम, नवलपरासी,वृजराज कुशवाहा असोज २७-मधेश मानवअधिकार गृह माहुरीहोम कपिलवस्तुको पांचौं साधारण सभा तथा दोश्रो केन्द्रिय परिषद आज सम्पन्न भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रिय प्रमुख दिपक जंग ध्वज कार्कीको प्रमुख आतिथ्यतामा संचालित सभामा संस्थाका महासचिव आयशा खातुनले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामप्रसाद अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष अर्यालले आव. ०६८।०६९ मा १ करोड १४ लाख ०५ हजार ८ सय २८ रुपिया बराबरको आयव्यय पेश गर्नुभएको थियो । उहाले आगामी आव ०६९।०७० का लागि १ करोड ८३ लाख ८६ हजार रकम बराबरको अनुमानित बजेट प्रस्तावित गर्नुभएको थियो ।
साधारण सभाको उदघाटन सत्रमा जवाफदेहीतानिगरानी समिति कपिलवस्तुका संयोजक बनारसी बर्मा, जिल्ला प्रहरी कार्यालयका प्रहरी नीरीक्षक जी सी शाह, एक्सन एड नेपालका पश्चिमाञ्चलका कार्यक्रम अधिकृत देवेन्द्र प्रताप सिंह, साथीं संस्थाका माया ज्ञवाली र नमुना एकिकृत विकास परिषदका हिमाल लगायतकाले शुभकामना मन्तब्य दिनुभएको थियो ।
