गजल
बाहिरी रुप हेरेर मात्र केहि हुन्न
उनकै गजल केरेर मात्र केहि हुन्न
हुने कुरा भएरै छाड्छ हेर प्रिय
हिड्ने बाटो फेरेर मात्र केहि हुन्न
व्यार्थ घमण्ड देखाउँछौ किन फेरि?
जवर्जस्ती बेरेर मात्र केहि हुन्न
राम्रो पढे सफलता तिम्रै हात पर्छ
कार्यालय घेरेर मात्र केहि हुन्न
इन्दिरा प्रयास
दमक झापा -नेपाल

