|

परियोजना सम्पन्न भएपछि सडकको सामाजिक परिक्षण


बुटवल २७ असोज-रुपन्देहीको बुटवल नगरपालिका अन्तर्गतको कालिका मार्ग विस्तार तथा पक्कि बनाउने परियोजना सम्पन्न भएपछि शनिवार सामाजिक परिक्षण (सोसल अडिट) कार्यक्रम आयोजना गरिएको छ । बुटवल नगर क्षेत्रमा सडक निर्माण कार्यमा यो पहिलो सोसल अडीट कार्यक्रम भएको दावि अनुगमन समितिले गरेको छ ।

योगिकुटीमा आयोजित उक्त कार्यक्रममा बुटवल नगरपालिकाका इन्जिनियर ज्ञान प्रसाद अर्यालले उक्त परियोजनाका लागि गत वर्ष एक किलोमिटर दुईसय मिटर कालो पत्रे र योगिकुटीमा सडक विस्तारकालागि समेत गरी रु एक करोड भन्दा बढी लगानी भएको जानकारी दिएका थिए । त्यस्तै अनुगमन समितिका अध्यक्ष महेन्द्र थापाले समितिको प्रतिवेदन प्रस्तुत गर्दै गुणस्तरियता कायम गराउादाको अनुभव समेत बताएका थिए । समितिका सल्लाहकार एवं नेकपा एमाले बुटवल नगर समितिका अध्यक्ष रामचन्द्र क्षेत्री, सदस्य अर्जुन गुरुङ्ग र बु.न.पा. १३ का वडा सचिव प्रचण्ड राज आचार्य लगायतले बोल्दै उक्त सडक सम्पन्न भएपछि यात्राका लागि सुरक्षा र सुविधा भएको बताए ।

बु.न.पा. कार्यालयले बुटवलको कृषि भवन देखी योगिकुटीसम्मको कालिका मार्गमा रु २ करोड भन्दा बढी लगानी गरी वैकल्पिक राजमार्गको रुपमा विकास गरेर सुरक्षित र सुविधायुक्त यात्राको व्यवस्था मिलाएकोमा अनुगमन समितिले नगरपालिका प्रति आभार प्रस्ताव पारित गरेको छ । साथै यस्ता पक्की सडक निर्माण गर्दा हतारमा नगर्न र विटुमिन अर्थात अलकत्राको पूर्व परिक्षणका लागि ल्यावको व्यवस्था मिलाउन सुझाव समेत दिएको बताइएको छ ।

हाल सिद्धार्थराजमार्गको योगिकुटी देखि कालिका मार्ग हुदै नेपालगञ्जरोड, अस्पताल लाइन, अमरपथ, गोलपार्क हुादै सिद्धवावा सम्म चौधवटा सुविधायुक्त किया गाडी संचालन गरिएकाले नगर भ्रमणका लागि सुविधा भएको अनुगमन समितिका अध्यक्ष थापाले बताएका छन् ।


Posted by Butwalonline on 6:58 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "परियोजना सम्पन्न भएपछि सडकको सामाजिक परिक्षण"

Leave a reply