|

दशैको मौकामा कालोबजारी फस्टायो,आकाशिएको मूल्य नियन्त्रण प्रति प्रशासन मौन


किरण मान बज्राचार्य,कपिलवस्तु २७ असोज-नजिकिदै गरेको चाडबाडसंगै जिल्लामा व्यापक रुपमा कालोबजारी फस्टाएको छ । अत्यावश्यक वस्तुहरुको कृत्रिम अभाव गराई व्यापारीहरुले अत्याधिक मात्रामा मूल्य वृद्धि गराइरहेका छन् । यतिखेर यहाा उपभोग्य वस्तुहरुको मूल्य निकै आकाशिएको छ ।

मुल्यमा एकरुपता कायम गर्न सरकारले एक महिना अघि अधिकतम खुद्रा मुल्य निर्धारण गरे पनि जिल्लामा त्यो अझै कार्यान्वयन भएको छैन । साथै मूल्यवृद्धि र कालोबजारीनियन्त्रणका लागि सरकारले बिशेषकदम चाल्ने जनाए पनि स्थानीय प्रशासन मौन रहदा कालोबजारीमा संलग्न यहााका ब्यापारीहरु मालामाल भएका छन् ।  नियन्त्रणका लागि अनिवार्य रुपमा मूल्यसूची राख्नुपर्ने निर्देशन दिएको प्रशासन कार्यालय पनि अहिले कालोबजारी मुकदर्शक बनेको स्थानीय उपभोक्ताको आरोप छ  ।

निर्देशन पछि प्रभावकारी अनुगमन नगर्दा व्यापारीहरुले मूल्यसूची राख्न अटेर गरेका छन् । कालोबजारीका कारण उपभोक्ताहरु मारमा परेका छन् । जसका कारण उपभोक्ताहरु अहिले दशैको किनमेलका लागि भारतीय बजार तर्फ आर्कषित भएका छन् । भारतीय सुरक्षाकर्मीले समेत नेपाली उपभोक्ता माथि निकै कडाई गरेकाले उनीहरु चर्को मूल्य तिरेर सामान किन्न बाध्य छन् । उपभोक्ताहरु अत्यावश्यक चिनी, दाल, तेल, मसला लगायतका दैनिक उपभोग्य वस्तुहरुमा व्यापारीले मनोमानी ढंगले निर्धारण गरेको मूल्यमा किन्न बाध्य छन् । पसल पिच्छै भएको फरक दररेटका कारण बजारमा कुन वस्तु कतिको भन्ने  अन्यौलता उपभोक्ताहरुमा छ ।

उपभोक्ता हकहित संरक्षण केन्द्रका अध्यक्ष हुमनाथ पाण्डेका अनुसार प्रशासनले पसलमा मूल्य सूची राख्न सूचना जारी गरेपनि त्यसको कार्यान्यन भएको छैन । प्रभावकारी अनुगमन नहुदा कालोबजारी समेत फस्टाएको उनको आरोप छ  “प्रशासकहरु नै व्यापारी संग मिले पछ् िउपभोक्ताहरुलाई कस्ले पो हेर्छ” उनले भने ।

 उता उद्योग बाणिज्य संघ तौलिहवा तथा कृष्णनगर शाखाले प्रशासनले आफूहरु संग समन्वय गरे कार्य गरे भने मुल्य सुची राख्न तयार रहेको बताएका छन् । उपभोग्य वस्तुहरुको आकाशिदो मूल्य र बढ्दो कालोबजारी रोक्न आफुहरुले सहयोग गर्ने तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष उपाध्यक्ष राजेश उपाध्यायले बताए । “तर यसका लागि प्रशासनले हामी संग सहकार्य गर्नुपर्छ” उनले भने । दैनिक उपभोग्य वस्तुहरुको मूल्य दिन दिनै पिच्छे फेरिने हुदा मूल्यसूची राख्न नमिल्ने उहाको तर्क छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुखजिल्ला अधिकारी प्रेमसिंह कुवरले कालोबजारी, मुल्य नियन्त्रण, ठगी लगायतका कार्य रोक्न अहिले बजार अनुगमन टोली सक्रिय रहेको बताए । कालोबजारी र ठगी गर्ने गर्ने ब्यापारी बिरुद्ध उजुरी दिए आफुहरुले कारबारी गर्ने उनले बताए ।

Posted by Butwalonline on 7:02 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दशैको मौकामा कालोबजारी फस्टायो,आकाशिएको मूल्य नियन्त्रण प्रति प्रशासन मौन"

Leave a reply