नजिकिदै गरेको दशैसंगै कपिलवस्तुमा रेमिट्यान्सको कारोवारमा बृद्धि
किरणमान बज्राचार्य,कपिलवस्तु , २७ असोज-नजिकिदै गरेको दशैसंगै कपिलवस्तुमा रेमिटेन्सको कारोबारमा भारी बृद्धि भएको छ । बैदेशिक रोजगारमा गएकाहरुले दशैमा रकम पठाए पछि यस्को कारोवारमा बृद्धि भएको हो । जिल्लामा अहिले दैनिक ढेड कारोड बढी रेमिटेन्स भित्रिरहेको बित्तीय संस्थाहरुले जनाएका छन् ।
जिल्लाको सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, जीतपूर, गोरुसिंगे, पकडी लगायतका स्थानमा दुई दर्जन बढी संस्थाहरुले यस्को कारोवार गर्दै आएका छन् । रेमिटेन्सको कारोवार गर्ने संस्थाहरुमा अहिले रकम भिक्नेहरुको निकै भीडभाड बढेको छ । अन्य दिनहरुको तुलनामा अहिले धान्नै नसकिने भीड बढेको बित्तीय संस्थाहरुले बताएका छन् । यतिबेला उनीहरुलाई रकम बाड्न भ्याई नभ्याई छ ।
सदरमुकाम तौलिहवा स्थित कपिलवस्तु मनिट्रान्र्सफरका मालिक मोहोम्मद शेषले सामान्यतय १० लाख सम्म दश लाख सम्म बिपेषण बाड्ने गरिएको भए पनि अहिले ३० लाख बढी आफनो संस्थाबाट रकम भुक्तानी भईरहेको बताए । उनका अनुसार जिल्लामा गत बर्षको तुलनामा यस बर्ष २० प्रतिशतले रेमिटेन्सको कारोवार बढेको छ ।
बैदेशिक रोजगारका लागि खासगरी कतार, मलेसिया, साउदी अरब, दुबई, ईजरायल लगायतका देश गएकाहरुले जिल्लामा आफन्तहरुलाई रकम पठाउने गरेका छन् । बिदेशबाट आएको रकमले दशै रमाईलो गरी मनाउने रकम लिनको लागि रेमिटेन्सको कारोवार गर्ने संस्थामा लाईनमा बसेकाहरुले बताएका छन् ।
जिल्लामा अहिले बाणिज्य र कृषि बैंक, शहकारी संस्थाहरु, निजी बैंकहरु तथा बिभिन्न प्राईभेट संस्थाहरुले समेत जिल्लामा रेमिटेन्सको कारोवार गरिरकेका छन् । रेमिटेन्सको कारोवार गर्ने बित्तीय संस्थाहरुको संख्या समेत बृद्धि भएको छ ।
जिल्लाम बेष्टर्न, प्रभु, हिमाल, लक्ष्मी, आइएमई लगायत दर्जन बढी बित्तीय संस्थाहरुको जिल्लामा शाखा कार्यालयहरु रहेका छन् ।
