होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आचारसंहिता पालना नगर्नेलाई कारबाही
लक्ष्मण पोखरेल,बुटवल, २७ असोज । बुटवल/होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आचारसंहिता पालना नगर्नेलाई प्रहरी र संघले कारबाही गर्ने सहमति जनाएका छन् । आचारसंहिता विपरित क्रियाकलाप गर्नेलाई संघले कारबाहीको दायरामा राख्ने र त्यस्ता व्यवसायीलाई परेको समस्यामा संघले सहयोग नगर्ने भएपछि प्रहरीले कानुन बमोजिम कारबाही अगाडि बढाउने भएको छ ।
रेष्टुरेन्टमा कार्यरत स्टाफ कर्मचारीले अनिबार्य युनिफम र परिचयपत्र लउनुपर्ने, क्यानिका पर्दा हटाउनुपर्ने, होटल र लजको हकमा ग्राहकको विस्तृत विवरण खुल्ने गरी इन्ट्री गर्नुपर्ने संघले जारी गरेको आचारसंहितामा उल्लेख छ ।
त्यस्तै होटल तथा रेष्टुरेन्टम काम गर्ने महिला कामदारलाई विदा भएपछि बासस्थान सम्म पुर्याइदिने, बालश्रमिकलाई राख्न नपाउने र सवैले देख्ने गरी मुल्य सुचि टास्नु पर्ने लगाएतका आचारसंहिता अनिबार्य रुपमा कार्यान्वयनमा जोड दिइएको छ ।
संघ द्वारा आज बुटवलमा अयोजित सुरक्षा निकाय र व्यवसायी वीचको अन्तरक्रिया कार्यक्रममा दुवै पक्षले आचारसंहितालाई पालना नगर्दा समस्या भोग्न परेकोमा जोड दिएका थिए । कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका केन्द्रिय सचिव हिराध्वज शाहले प्रहरी र व्यवसायी वीचको सहकार्यले विकृति विसंगति नियन्त्रण गर्ने सहज हुने धारणा राख्नु भएको थियो ।
व्यवसायका नाममा आचारसंहिता पालना नगरी गलत क्रियाकलाप गर्नेलाई संस्थाले सहयोग गर्न नसक्ने धारणा सचिव शाहले राख्नुभएको थियो ।
त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दिपक थापाले सामाजिक र संगठित अपराध नियन्त्रण गर्न प्रहरीले विशेष अभियान शुरु गरेको बताउदै व्यवसायीहरुले गलत मनसायले गरेका क्रियाकलापलाई छुट दिन नसकिने र कानुनी दायरमा लगिने स्पष्ट पार्नुभएको थियो ।
प्रहरी नायव उपरिक्षक थापाले प्रहरी संगठन भित्र भएका कमजोरीलाई आन्तारिक सुदृढिकरण द्वारा सच्चाउदै अगाडि बढिएको भन्दै व्यवसायीले पेशेवर रुपमा बेस्या बृत्ति सञ्चालन गर्नेलाई मानव बेचविखन अभियोगमा मुघा चलाएर कारबाही गरिने चेतावनी दिनु भएको थियो ।
होटल व्यवसायीको पछाडी प्रहरी नलाग्ने तर व्यवसाय सञ्चालन गर्ने नाममा वेस्या बृत्तिलाई प्रश्रय दिने, जुवा तास खेलाउने, लागु पदार्थको कारोवार गर्ने लगाएतका कार्यमा प्रहरीले कसैसंग सम्झौता नगर्ने प्र.ना.उ. थापाले दा िगर्नुभयो ।
उहाले व्यवसायीलाई आचारसंहिता सहित पालना गर्न आग्रह गर्दै गल तगर्नेलाई पावर र संघ संस्थाको दबाबमा पनि नछाडिने चेतावनी दिनुभयो । संघका अध्यक्ष महेन्द्र श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष केशवराज ज्ञवाली, महासचिव समुन्द्र जि.सी., व्यवसायीहरु दोणराज कंडेल, दिनेश भुसाल, ढुण्डीराज न्यौपाने नन्दलाल पोखरेल, उमानाथ घिमिरे, प्रेम बन्जाडे लगाएतले व्यवसाय संचालन गर्दा भोग्नु परेका समस्याका बारेमा र व्यवसायीले पालना गर्नुपर्ने आचारसंहितालाई कडाईका साथ लागु गर्ने सन्र्दभमा प्रकास पार्नुभएको थियो ।
