|

कपिलवस्तुमा जिल्ला स्तरीय थारु नृत्य प्रतियोगिता

लक्ष्मण पोखरेल,बुटवल, २७ असोज । दसैंको शुभउपलक्ष्यमा थारु समुदायको मौलिक पहिचान र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कपिलवस्तु(१, बरकुलपुरमाा जिल्ला स्तरीय थारु झुमडा गीत तथा नृत्य प्रतियोगिता हुने भएको छ । हरियाली समुदायिक वन उपभोक्ता समूह, चन्द्रमा युवा क्लब र बकुलीपुर युवा समूहको आयोजनामा कार्तिक ४ र ५ गते प्रतियोगिता सञ्चालन हुने संयोजक श्रीनिवास चौधरीले जानकारी दिए ।

मानव विकास र आधुनिकतासागै अहिलेका युवा पुस्ताले आफ्नो मौलिक संस्कृतिलाई बिर्सिदै गएकाले त्यसको संरक्षण र संबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागेको संयोजक चौधरीले बताए । ‘जिल्लाभरिबाट करिब २० हजार सहभागी हुने लक्ष्य लिएका छौं,’ चौधरीले भने, ‘कार्यक्रममा थारु राष्ट्रिय गायक गायिकाको समेत प्रस्तुति रहनेछ ।’ उनले प्रतियोगितालाई दुई रेडियोबाट प्रत्यक्ष प्रसारण गर्ने जानकारी दिए ।

कार्यक्रमको रेडियो बुद्ध आवाज, रेडियो समानता प्रत्यक्ष र लुम्बिनी टेलिभिजनबाट प्रसारण गरिने संयोजक चौधरीले बताए । उनले प्रतियोगीहरुलाई सम्मानित पनि गर्ने उनले बताए ।


Posted by Butwalonline on 7:19 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कपिलवस्तुमा जिल्ला स्तरीय थारु नृत्य प्रतियोगिता"

Leave a reply