एम्नेष्टी इन्टरनेशनल नेपाल बुटवल द्वारा शुभकामना आदान-प्रदान
लक्ष्मण पोखरेल,बुटवल, २७ असोज । एम्नेष्टी इन्टरनेशनल नेपाल समुह १२ बुटवलले विजया दशमी, शुभ-दिपावली, छठ तथा बकर ईदको अवसरमा शुभकामना आदान प्रदान गरेको छ ।
सो संस्थाले शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गरेको हो । समुह १२ बुटवलका संयोजक करुण खनालको अध्यक्षतामा भएको कार्यक्रममा पुनरावेदन अदालत बुटवल बार एशोसियसनका अध्यक्ष नन्दराम भणडरी, समुहका सल्लाहकार सालिकराम वञ्जाडे, बारका पूर्व अध्यक्ष बाबुराम पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम सचिव निराजन ज्ञवालीको सञ्चालन र कार्यक्रम संयोजक कबिन्द्र नेपालको स्वागतमा सम्पन्न भएको थियो ।
एम्नेष्टीले सन २०१२ लाई आप्रवासी श्रमिक सम्बन्धि कार्यक्रम सञ्चालन गरेको थियो भने सन २०१३ का लागि चितवनमा भएको साधारण सभाले मातृशिशु स्वास्थ्य सम्बन्धि कार्यक्रम पारित गरेको छ ।
