प्राकृतिक ब्यवस्थापन समितीको राष्ट्रीय अधिवेशन आज देखि लुम्बिनीमा शुरु
रुपन्देही,असोज २७, प्राकृतिक ब्यवस्थापन समितीको राष्ट्रीयसञ्जालको तीनदिने राष्ट्रीय अधिवेशन आज देखि लुम्बिनीमा शुरु भएको छ । फोटो अधिवेशनको उदघाटन समारोहका बक्ताहरु प्राकृतिक प्रकोपको पूर्बतयारी पुर्नस्थापन र ब्यवस्थापनका लागि नेपाल सरकारले ठोस नीति बनाई अघि बढनु पर्ने कुरामा जोड दिएका छन ।
उदघाटन समारोहलाई सम्बोद्धन गर्दै प्रमुख अतिथी राष्ट्रीय महिला आयोगका सदस्य धनेसरा चौधरीले नदीकिनार र जलाशयनजीक बसोबास गरिरहेका प्राकृतिक प्रकोप पीडितहरुको तथ्यांक सकलन गरि ब्यवस्थापन र पुर्नस्थापन को ठोस निकाय बनाउनु पर्ने बताउनु भयो ।उहााले प्राकृतिक प्रकोपको पूर्बतयारी बारे ठोस योजना निर्धाण गरिए मात्र जोखिम न्यूउनीकरण गर्न सकिने धारणा ब्यक्त गर्नुभयो ।
कार्यक्रमका अर्का बक्ता संजालका केन्द्रिय अध्यक्ष जगन्नाथ कुर्मीले मित्रराष्ट्र भारतमा रेल मन्त्रालय जस्तै नेपालमा प्रकोप बिभाग अथवा मन्त्रालय गठन गरि अघि बढनु पर्ने बताउनु भयो ।सो अवसरमा संजालका डडेल्धुरा अध्यक्ष कलावती खडका, सप्तरीका अध्यक्ष देवनारायण यादव लागायतले शुकामना मक्तब्य ब्यक्त गर्नु भएको थियो ।अधिवेशनमा २२ जिल्लाका लगभग डेढसय जनाको उपस्थिती रहेको छ ।
