|

एक महिलाले छुरा प्रहार गरी पतिको हत्या


इलाम, असोज २७ - बाँझो गाउँ विकास समितिमा एक महिलाले पतिको हत्या गरेकी छन्। बाँझो-९ की पम्फा राईले सामान्य झगडामा छुरा प्रहार गर्दा पति धनजीतको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार बेलुका उनीहरुबीच झगडा भएको थियो। त्यसैबेला पम्फाले छुरा प्रहार गर्दा गम्भीर घाइते धनजीतको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पम्फालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
स्रोत :नागरिक न्यूज 

Posted by Butwalonline on 8:11 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एक महिलाले छुरा प्रहार गरी पतिको हत्या"

Leave a reply