सम्झना लामिछाने मगरले अबुधावीमा तीजलाई तताईन(फोटो फीचर)
लालबहादुर ढेंगा, दुबई, युएई,अबुधावी । नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजलाई युएईका महिलाहरुले गत ७ सेप्टेम्बर शुक्रबारका दिन अबुधावीको इण्डियन सोसियल सेन्टरमा आफ्नो परम्परा र रितीरिवाज अनुसार धुमधांमका साथ मनाएका छन् । नेपाली जनसम्पर्क समिति युएईको अबुधावी क्षेत्रीय समितिले आयोजना गरेको तीज कार्यक्रममा नेपालका लोक दोहोरी क्षेत्रकी चर्चित गायिका सम्झना लामिछाने मगरको प्रस्तुतिका साथ स्थानीय ख्यातिप्राप्त कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।
वैदेशिक रोजगारीमा रहेका प्रवासी नेपालीहरुले प्रवासको भूमिमा पनि आफ्नो चाड पर्वलाई पूर्खाबाट चलिआएको रितीरिवाजलाई कायम राख्दै रमाइलोसंग मनाउने प्रचलनमा ल्याएको पाईन्छ । गत शुक्रबारका दिन युएईका महिलाहरुले अबुधावीको सहरमा हरितालिका तीजलाई आफ्नो परम्परागत पहिरन रातो साडी र छडके तिलहरीमा सजिएर कम्मर मर्काई–मर्काई नाचेको देख्दा विदेशमा नभईकन आफ्नै स्वदेशमा भएको अनुभूति हुन्थ्यो । सार्वजनिक शुक्रबारे विदाका दिन भएकाले महिलाहरुको ठूलो जमघट हुनुका साथ हरेक महिलाहरुको चेहरामा उत्साह र रौनक देख्न सकिन्थ्यो । माइत गई दर खान नपाए पनि स्टेजमा ढलकी–ढलकी नाचेर माइतीका तिर्सना मेताए । धेरै महिलाहरुमा नाच्नलाई उत्सुकता भएता पनि स्टेज सानो र नाच्नेहरुको घुइचो भएकाले नाच्नलाई मन मार्न समेत बाध्ये भएका थिए । स्टेजमा नाच्नेहरुको संख्या हेर्दा महिलाहरु कार्यक्रममा सहभागिता हुन नभईकन केवल नाच्न मात्र आएको आभास हुन्थ्यो ।
नेपाली जनसम्पर्क समिति युएईको निमन्त्रणामा तीज मनाउन युएई आएकी सम्झना लामिछाने मगर कलेजी कलरको रातो साडी र हरियो छडके तिलहरीमा सजिएर हातमा माइक थाम्दै स्टेजमा आउदा उनको स्वागतमा दर्शकहरुले सिती र ताली बजाए । उनले गाएको आफ्नै एल्बमको “हाम्रै जरा खन्नेहरुलाई” र “जर्मन यूरोप” लोक दोहोरी गीत सोल्टीहरुलाई मन पर्यो भने “सिउदो चाही खाली ओठमा लाली” तीज गीतले महिलाहरुलाई स्टेजमा नचाए । खचाखच दर्शकहरुले भरिएको हलमा त्यो पनि अत्याधिक महिलाहरुको सहभागिता देख्दा सम्झना लामिछानेलाई पनि जोश र उत्साहमा देख्न सकिन्थ्यो । स्थानीय कलाकार रिजन थापाको नृत्यबाट थालनी भएको सांगीतिक कार्यक्रममा दीपक कुनवरको प्रस्तुति पनि निकै सान्दर्भिक लाग्थ्यो । “सिम्पल सिम्पल कान्छीको” गीतमा अनुराग थपलिया र देवी लामाको युगल जोडीको नृत्यले हलको माहौललाई नै रंगाएको थियो । निश्चलले गाएको “जहां तिमी त्यहां म” र “तुलसी आगनमा” गीतमा पुरुषहरुको नाच्ने भिडमा महिलाहरुले पनि साथ दिए । लोक दोहोरी सांझका कार्यक्रम प्रस्तोता तथा गायक प्रकाश सपूतको गीतले पसिनामा लोटपोट गरि नचाएको मात्र होइन आफ्नो मनमोहक अदाले दर्शकहरुलाई आकर्षित समेत गरेको थियो । दुर्गा तामाङ लगायत अन्य कलाकारहरुको प्रस्तुतिहरु पनि आकर्षक रहेको थियो ।
उक्त तीज कार्यक्रमको प्रमुख अतिथिमा नेपाली दूतावासका राजदत धनन्जय झा रहेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाली जनसम्पर्क समिति युएईको अबुधावी क्षेत्रीय समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण गौतमले गरेको थियो । अन्य अतिथिहरुमा नेपाली दूतावासकी श्रमसहचारी हिरा पौडेल, नेपालबाट आएकी पद्यमकन्या क्याम्पसकी अध्यक्ष तथा नेपाली कांग्रेस महासमितिकी सदस्य स्वस्तिका पोखरेल, युएईका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी, बुद्धिजीवि र पत्रकारहरु रहेका थिए । तीज कार्यक्रमको सांस्कृतिक संयोजकमा चन्द्रबिक्रम सारु रहेको र केन्द्रीय अध्यक्ष चित्र केसीको शुभकामना मन्तव्यबाट थालनी भएको कार्यक्रमलाई प्रकाश सपूत र सविता बस्नेतले बीच–बीचमा जोक्स र गजल सुनाउदै संचालन गरेकोमा सुनमा सुगन्ध थपिएको थियो ।

Posted by Butwalonline
on 7:07 PM. Filed under
News,
Photo Gallery,
Prabasi News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response
Well done samjhana..