श्रीमान् मारिएको राहत रकम छात्रवृत्तिमा
कास्की, भाद्र २४ - अफगानिस्तानमा विद्रोहीको आक्रमणमा ज्यान गुमाएका यहाँका एक युवकको परिवारले क्षतिपूर्तिस्वरूप पाएको सबै एक लाख अमेरिकी डलर (९० लाख रुपैयाँ) को शैक्षिक विकास अक्षयकोष स्थापना गरेको छ । कोषबाट प्लस टुमा अध्ययनरत तीन विद्यार्थीलाई मासिक ६ हजार रुपैयाँका दरले छात्रवृत्ति दिइनेछ ।
नामार्जुङ-१, ताङतिङका ३५ वर्षीय थमनसिंह गुरुङकी श्रीमती ३५ वर्षीया बन्दनाले यति ठूलो रकमको 'थमन-म्याट छात्रवृत्ति कोष' बनाएकी हुन् । गुरुङको एक अमेरिकी कम्पनीमा कार्यरत रहेका बेला अफगानिस्तानमा तीन वर्षअघि विद्रोहीको आक्रमणमा मृत्यु भएको थियो । कोषबाट गाउँकै तीनवटा विद्यालयलमा पढ्ने गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ । शनिबार कार्यक्रम आयोजना गरी तीन जनालाई छात्रवृत्ति वितरणसमेत गरियो । पाउनेमा प्लस टुका संगीता विक, सिर्जना गुरुङ र सञ्जु विक छन् ।
छ महिनाअघि अक्षयकोष स्थापना गरिए पनि औपचारिक घोषणा शनिबार गरिएको हो । छात्रवृत्ति चन्द्र गुरुङ संरक्षण प्रतिष्ठानले सञ्चालन गर्नेछ । तप्राङको महारुद्र, सिक्लेसको अन्नपूर्ण र ताङतिङको हिमालय मिलन माविमा पढ्ने गरिब, जेहेन्दार विद्यार्थीलाई यो दिइने प्रतिष्ठानका अध्यक्ष डा. हुमबहादुर गुरुङले बताए । उनका अनुसार दुई वर्षपछि विद्यार्थी संख्या बढाइने छ ।
'विपन्न विद्यार्थीको पढाइमा सहयोग गर्न कोष स्थापना गरिएको हो,' भावविह्वल मुद्रामा देखिएकी बन्दनाले भनिन्, 'यस्तो कामले श्रीमान्को आत्माले शान्ति पाउने र गरिब, जेहेन्दार विद्यार्थीको भविष्यमा पनि राम्रो हुने विश्वास लिएका छौं ।' भारतीय सेनाबाट अवकाश पाएपछि धन कमाउन अफगानिस्तान पुगेका थमनको अमेरिकी कम्पनीमा सुरक्षागार्डमा खटिएका बेला तीन वर्षअघि मृत्यु भएको थियो । त्यसको करिब १८ महिनापछि परिवारले क्षतिपूर्ति पाउने फैसला भएको थियो ।
बन्दनाले राहत रकम शिक्षा क्षेत्रमा लगाउँदा पीडा कम भएको बताइन् । 'उहाँ (श्रीमान्) को चाहना पनि धन कमाएपछि गाउँकै शिक्षा क्षेत्रमा केही गर्ने थियो,' उनले भनिन्, 'त्यसलाई पूरा गर्न छात्रवृत्ति स्थापना गर्यौं ।' स्थानीय हिमालय मिलन माविका प्रधानाध्यापक प्रकाश गुरुङले विदेशमा ज्यान गुमाएर क्षतिपूर्तिबापत आएको राहत रकम छात्रवृत्ति दिनु उदाहरणीय भएको बताए । 'शिक्षा क्षेत्रमा यो ठूला सहयोग हो,' उनले भने, 'गरिब, जेहेन्दार विद्यार्थीलाई यसले शिक्षा क्षेत्रमा अघि बढ्न मद्दत पुर्याउँछ ।'
काममा खटिएका बेला आक्रमणमा परी मृत्यु भएकाले मुद्दा लडे राहत पाउने थाहा पाएपछि अमेरिकाको न्यु स्कुल विश्वविद्यालयमा कार्यरत प्राध्यापक अशोक गुरुङले क्षतिपूर्ति र राहतका लागि सहयोग गरेका थिए । अशोकले राष्ट्रिय योजना आयोगका पूर्वसदस्य गणेशबहादुर गुरुङसँग सल्लाह गरेर मुद्दा लड्ने योजना बनाएका थिए । अमेरिकी वकिल म्याट र गणेशले क्षतिपूर्ति माग्दै मुद्दा लडेका थिए । उनीहरूले मुद्दा जितेर ४० प्रतिशत राहत रकम पीडित परिवारलाई दिलाउन सफल भए ।
बन्दनाले काठमाडौंमा बसेर १३ र ६ वर्षका छोरालाई पढाउँदै आएकी छन् । अमेरिकामै रहेको कोषबाट बर्सेनि ४ हजार डलर चन्द्र गुरुङ संरक्षण प्रतिष्ठानमा आउनेछ । 'लामो समय लगाएर गरिब तथा विपन्न विद्यार्थीको छनोट गरेका हौं,' प्रतिष्ठानकी कार्यक्रम संयोजक अञ्जना श्रेष्ठले भनिन्, 'यसले शिक्षाबाट वञ्चित विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न ठूलो मद्दत गर्नेछ ।(समाचार कांतिपुर बाट)