नेपाली काग्रेंस तुलसी भन्ज्याङ गा.वि.स.मा वाड समिति गठन
प्रकाश डोटेल
स्याङ्जा–६, कार्तिक ।
नेपाली काँग्रेस तुलसी भन्ज्याङ गााउ कार्य समितिले आफनो सगठनलाई तिव्रता दिएको छ ।
तुलसी भन्ज्याङ गाविस–४, को वाड स्तरीय कार्य समिति गठन कार्यक्रममा बोल्दै नेपाली कागं्रेस माहाधिवेसन प्रतिनीधी लालगोपाल अर्यालले राष्ट्रले दिगो शान्क्ति र लोकतान्त्रिक सविधान निमार्णमा ढिलाई गर्न नहुने बताए । उनले, सरकारको ठूलो दल माओवादी भएकाले खोसएिको घर जग्गा फिता गरेर माओवादी लचिलो बनेको खण्डमा देशले दिगो शान्त्ति स्थापना गर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा क्षेत्रीय प्रतिनिधी पूरुषोतम् खनाल, नेपाली काँग्रेस गाउँ कार्य समितिका उपाध्यक्ष नारायाणप्रसाद ज्ञवाली ,सहसचिव लिला बल्लभ अर्याल,सक्रिय सदस्य चक्रपाणी कडेल लगाएतले पाटीका विषमा बोलेका थिए ।
कार्यक्रम गुरुप्रसाद अर्यालको अध्यक्षतामा १५ सदस्य वाड स्तरीय कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा सिर्जना उपाध्यया ,सचिवमा कृष्ण प्रसाद भट्टराई,सहसचिव जीवलाल भट्टराई,कोषाध्यक्षमा जगनाथ ज्ञवाली, सदस्यहरुमा कल्पना भट्टराई ,पदमपानी अर्याल ,राम प्रसाद भट्टराई, ईश्वर शरण उपाध्यया ,अग्नीधर अर्याल, लिलाधर अर्याल,लेखनाथ अर्याल, कल्पना ज्ञवाली चक्रपाणी सुवेदी रहेका छन ।
कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेस गाउँ कार्य समितिका सभापती तेज प्रसाद डुम्रेले गरेको कार्यक्रमको सञ्चालन सचिव ईश्वरी प्रसाद ढकालले गरेका थिए ।