स्याङ्जाका कृषकहरु व्यवसायिक घ्युकुमारी खेतितर्फ उत्साहित
प्रकाश डोटेल
स्याङ्जा–६, कार्तिक ।
स्याङ्जाका कृषकहरु व्यवसायिक घ्युकुमारी खेतितर्फ आकर्षित भएका छन् ।
एजिको नेपाल सामुदायिक रेडियो वालिङले स्याङ्जा तथा आसपासका क्षेत्रमा घ्युकुमारी खेति गर्न इच्छुक कृषकहरुलाई विरुवा र अन्य प्राविधिक सहयोग उपलब्ध गराउने भएपछि स्याङ्जाका कृषकहरु यस खेतितर्फ आकर्षित भएका हुन् ।
व्यवसायिक रुपमा खेति गर्नको लागि स्याङ्जाको वालिङ, जगतभञ्ज्याङ, जगत्रदेवी, पिढीाखोला, छाङछाङ्दी, तुलसीभञ्ज्यागं, स्वरेक, पूतलीबजार, सााखर, रत्नपूर लगायतका क्षेत्रका कृषकले उत्सुकता देखाएका छन् ।
रुखोपाखो जग्गामा खेतिगर्न सकिने र यसलाई धेरै मलजलको आवश्यकता नपर्ने हुादा यो खेतिगर्न सहज हुने भएकाले घ्युकुमारी खेतिगर्न इच्छुक भएको कृषकहरुको भनाई छ ।
अप्ठ्यारो बाटो भएका कारण महगों ढुवानीका कारण सामान बेचविखनमा समस्या भएका कारण तरकारी तथा जडिबुटि खेतिबाट राम्रो आम्दानी लिन नसक्नुभएका रत्नपूर ४ क्वामीका कृषक दिनेश पौडेलले २० रोपनी जग्गामा लगाएको तरकारी, फलफूल तथा जडिबुटिहरु बारीमा नै कुहिएको गुनासो गर्दै भन्नुभयो : संस्थाले नै बेचविखनको व्यवस्था मिलाईदिने भएपछि हामीजस्ता ढुवानीको समस्याका कारण मारमा परेका कृषकहरुलाई निकै खुसीको कुरा हो । पौडेल मात्र होईंन ढुवानीको समस्या भोगी रहेका अन्य कृषकहरु खुसी हुादै घ्युकुमारी खेति गर्ने बताएका छन् ।
एजिको नेपाल सामुदायिक रेडियो वालिङले जैविक कृषि परियोजना अन्तर्गते व्यवसायिक जैविक घ्युकुमारी खेति गर्न लागेको हो । संस्थाको पहिलो चरणको कार्यक्रम अन्तर्गत कार्तिक महिना भित्रमा १ लाख घ्युकुमारीको विरुवा कृषक समक्ष पुर्याउने लक्ष्य अनुरुप व्यवसायिक खेति गर्न इच्छुक कृषकहरुको लागि आवेदन फारम खुल्ला गरेको छ ।
इच्छुक कृषकले संस्थाको नीति नियमभित्र रहेर कार्तिक १५ गतेसम्म आवेदन फारम भरी कार्य सुरु गर्न सक्ने संस्थाले जनाएको छ । जैविक कृषिको माध्यमबाट कृषकहरुको आििर्थक स्तर बृद्धि गरी स्याङ्जाको आर्थिक स्तर सुदृढ बनाउने उद्येश्यले उक्त योजना ल्याएको संस्थाले दाबी गरेको छ ।
एलोभेरा र स्टेभिया खेति विकास, विस्तार र अर्थोपार्जन बृद्धिको लागि कृषकहरुसमक्ष उक्त योजना पुर्याउनको लागि एजिको नेपाल गैरसरकारी संस्था मध्यस्थकर्ता रहनेगरी संस्थाले भदौ ३१ गते पाम एग्रोटेक एण्ड बायो इनर्जी नेपाल प्रा.लिसाग सम्झौता गरी कार्य सुरु गरेको हो ।
पञ्चवर्षीय योजना अन्तर्गत सुरु गरिएको उक्त अभियान १ करोड पैतालिस लाख रुपौयाको लागतमा सम्पन्न हुने संस्थाले जनाएको छ । २०६८ असोजबाट सुरु भएको उक्त योजना २०७३ साल असोजमा सम्पन्न हुनेछ । उक्त योजनाले स्याङ्जाका ६० गाविस र २ नगरपालिका तथा पाल्पा, कास्की र पर्वतका केही गाविसहरुलाई पनि समेट्ने संस्थाले जनाएको छ ।
स्याङ्जामा एलोभेरा खेति गर्न इच्छुक कृषकहरुले एजिको नेपाल रेडियो वालिङसाग सम्पर्क गरी सम्झौतापछि खेति गर्नसक्ने र सबै सहयोग उपलब्ध गराउने संस्थाका अध्यक्ष जलेश्वर पाण्डेले बताए । विश्वको १० उत्कृष्ट जडिबुटिमध्येमा एक मानिएको घ्युकुमारी खेति पानी नजम्ने सुख्खा, रुखोपाखो नेपालको १५ सय मिटरसम्मको उचाईमा उपयुक्त मानिन्छ ।
खनिज, लवण, भिटामिन्स , कार्बोज, इन्जाईम्स, आईरन लगायतका २ सय भन्दा बढि जैविक तत्व पाईने घ्युकुमारी आयुर्वेदिक तथा एलाृपेथिक औषधी, श्रृगांरिक सामान निर्माण गर्नको लागि महत्वपूर्ण मानिन्छ ।