नेपाल आइसीसी विश्व ट्वान्टी-२० छनौटको सातौं स्थानमा
काठमाडौं, चैत १० (नागरिक)- पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै नेपाल आइसीसी विश्व ट्वान्टी-२० छनौटको सातौं स्थान कब्जा गरेको छ। पपुवा न्युगिनीले दिएको १३० रनको लक्ष्य १ बल अगावै पूरा गरी नेपाल सातौं स्थान कब्जा गरेको हो। नेपाल लागि कप्तान पारस खड्का र पृथु बास्कोटाले राम्रो इनिङ खेले। दुबईको आइसीसी ग्लोबल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित २० ओभरको समाप्तिमा ५ विकेट गुमाउँदै १२९ रन बनायो। नेपालले १ बल अगावै ४ विकेटको क्षतिमा १३३ रन बनायो।
अन्तिम ओभर बाँकी हुँदा जितका लागि नेपाललाई १० रन आवश्यक थियो। कप्तान पारस खड्काको १ चौका र बास्कोटाको दुई चौकाको मद्दतले नेपाल विजयी भयो। खड्काले यो इनिङमा सर्वाधिक ६२ रनमा अविजित रहे। बास्कोटा भने २६ रनमा अविजित रहे। छनौटचरणको खेलमा पपुवा न्युगिनीले नेपाललाई ३५ रनले हराएको थियो। नेपाल यसअघि नै छनौटरचणबाट बाहिरिएको थियो।
स्रोत :नागरिक न्युज