प्रेमीको सहयोग लिएर आमाबुबाको हत्या
दैलेख, चैत्र १० - अनैतिक प्रेम सम्बन्धबारे चासो दिन थालेपछि विवाहित छोरीले प्रेमीको सहयोग लिएर आमाबुबाको हत्या गरेको स्विकारेकी छन् । रानीवन-८ काब्रीखोलाकी निरु रावल र उनका प्रेमी पदम तारामीले शक्तबहादुर शाही र उनकी श्रीमती चन्द्रादेवी शाहीको हत्या गरेका हुन् ।अभियुक्तहरूलाई शुक्रबार सार्वजनिक गर्दै जिल्ला प्रहरीले उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने बताएको छ ।
चैत १ गते बिहान उनीहरुले १७ दिनको शिशुलाई छाडी शक्तबहादुर र चन्द्रादेवीको ज्यान लिएका थिए । लगत्तै प्रहरीले निरु सहितका अन्यलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । निरुको कञ्चनपुर लक्ष्मीपुरका भीम रावलसँग विवाह भएको थियो । श्रीमान् एक वर्षदेखि कतारमा छन् ।बुबा घडेरी दिन सहमत भए पनि सौतेनी आमाले नमानेको र आफूहरूको लसपसबारे दिनहुँ अनावश्यक कुरा गर्ने गरेकाले हत्या गरेको उनले बताइन्
स्रोत :कान्तिपुर दैनिक