|

विश्व साइकल यात्री सौरब दाहाल कतारमा


दोहा (कतार), चैत्र १० - समान शिक्षा र गौतम बुद्धको जन्मस्थल नेपाल भन्ने नारासहित विश्व भ्रमणमा निस्केका नेपाली साइकल यात्री सौरब दाहाल बेलायतबाट शुक्रबार दिउँसो कतारको राजधानी दोहा आएका छन् ।
उनी ओमन एयरलाइन्सबाट बिहीबार राति लण्डनबाट उडेर ओमनको मस्कट ट्रान्जिट हुँदै शुक्रबार स्थानीय समयअनुसार दिउँसो साढे १ बजे दोहा अन्तर्राष्ट्रिय विमानस्थल उत्रिए । उनलाई विमानस्थलमा नेपाली संघ संस्थाले स्वागत गरे ।
विमानमा साइकल प्याक गरेर ल्याएका दाहालले विमानस्थलबाट बाहिरिने क्रममा त्यसलाई जडान गरी चढेका थिए । दाहालले कतारमा करिब १० दिन बिताउने छन् ।
उनले खाडीमा अन्य देश पनि भ्रमण गर्न सक्ने जनाउँदै खाडीपछि चीन जाने ईकान्तिपुरलाई बताए । कतार दाहालको विश्व भ्रमणको ४४ औं देश हो । दाहाल कान्तिपुर पब्लिकेसन्सका सद्भाव राजदुत समेत हुन् ।
२००२ मा नेपालबाट साइकल यात्रा सुरु गरेका दाहालले आफ्नो पढाइलाई जोड दिई २००७ देखि विश्व यात्रालाई निरन्तरता दिएको बताउँछन् ।
स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 6:52 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विश्व साइकल यात्री सौरब दाहाल कतारमा"

Leave a reply