|

खोलाले बगाएर एक जना वेपत्ता

कमल थापा, रुकुम, साउन १३- गाउँलेले आफैँ बनाएको काठेपूल तर्दा तर्दै पूलसँगै गिजेगाडा खोलामा बगेर एक जना वेपत्ता भएका छन। खोलामा एक्कासि आएको बाढीले काठेपुलसँगै आठवीसकोटका ४० वर्षीय अमरवहादुर शाहीलाई खोलाले बगाएको हो। उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर श्रेष्ठले जानकारी दिएका छन्। प्रहरी, स्थानीय वासिन्दाहरुले वेपत्ताको खोजीकार्य जारी राखेका छन्।

अविरल वर्षसँगै आएको वाढीले पुल भाँचेको थियो। त्यहीँबाट तर्दा शाहीलाई समेत बगाएको हो। स्थानीयहरुले खोला तर्नको लागि काठको भाटा राखेको थिए। पुलको ब्यवस्था नहुँदा भाटा तेर्साएर स्थानीयहरु खोला वारपार गर्दै आएका छन्। पुल नहुँदा वर्षेनी त्यहाँका सर्वसाधारणहरु जोखिमपूर्ण यात्रा गर्दै आएका छन्।
साभार :नागरिक न्यूज

Posted by Butwalonline on 8:50 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "खोलाले बगाएर एक जना वेपत्ता"

Leave a reply