|

छिट्टै ५ वटा जहाज ल्याउने गरी काम भईरहेको पर्यटनमन्त्रीको खुलासा



काठमाडौ, २९ कार्तिक । पर्यटन तथा नागरिक उड्ययन मन्त्री लोकेन्द्र विष्टले छिट्ै नेपाल बायू सेवा निगमकोलागी ५ वटा नयाा जहाज ल्याउने गरी काम भईरहेको खुलासा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मन्त्री विष्टले कतैबाट पनि विवाद नहुने गरी सहमतिमै मन्त्रीपरिषदबाट निर्णय गरेर जहाज किन्ने योजना सुनाए ।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले जहाज खरिदकोलागी प्राविधिकहरुको एक टोली चिन पठाईसकेको समेत जानकारी दिए । सो टोलीले चिनमा गएर नेपालकोलागी सो जहाज उपयोगी हुने वा नहुने भन्ने अध्ययन गरी प्रतिवेदन दिए पछि जहाज खरिदको निर्णय हुने बताए । उनले भने–देशलाई जहाज चाहिएको छ । जहाज कस्तो ल्याउने भन्ने विषयमा गृहकार्य भईरहेको छ । कम्तिमा दुई देखी पााच बटा सम्म जहाज विवाद रहित ढंगले ल्याउाछु । उनले नयाा नेपाल निर्माणको आधार पर्यटन भएकोले पर्यटनको विकासकोलागी निम्नमाध्यमिक तह देखिनै पाठ्यक्रम बनाएर अध्यापन कार्य सुरु गर्ने र पर्यटक क्षेत्रको पूर्वधार विकासमा आफूलाई केन्द्रीत गर्ने स्पष्ट पारे ।

उनले पछिल्लो समयमा नेपाल बायू सेवा निगमको जहाजको सामान चोरी भएको विषयलाई आफूले गंभिर रुपमा लिएको भन्दै दोषिलाई कारवाही गर्ने बताए । उनले स्थायी सरकार, शान्ति र सरकार आवश्यक रहेको भन्दै त्यो नभई आर्थिक क्रान्ति सम्भव नरहेको समेत बताए ।

पर्यटन क्षेत्रको विकासकोलागी पर्यटन बोर्डको कार्यकारी निर्देशन चयन गर्ने काम भईरहेको जानकारी दिदै मन्त्री विष्टले उत्कृष्ट भावी योजना, पर्यटन क्षेत्रलाई प्रभावित गर्ने प्रस्तुती क्षमता र योजना कार्यान्वयनको स्पष्ट भिजन भएकोलाई नियूक्त गर्ने बताए । त्यकालागी प्रतिष्पर्घामा रहेका १२ जनाको परिक्षण भईरहेको समेत उनले जानकारी दिए ।

पार्टी एकता, शान्ति र संविधान, रुपान्तरण, क्रान्ति र अध्यक्षको विकल्प छैन मन्त्री विष्टले पार्टीको एकताबद्ध गर्ने, शान्ति र संविधान निर्माणको जिम्मेवारी पुरा गर्ने, पार्टीको रुपान्तरण गर्ने, नेपालमा क्रान्ति पुरा गर्ने र अध्यक्ष प्रचण्डको नेतृत्वको विकल्प नरहेको भन्दै पार्टींको विवाद कार्य दिशामा केन्द्रीत रहेर दुई चरणमा गरेर टुङग्याईने दावी गरे ।

उनले बरिष्ठ उपाध्यक्ष मोहन बैद्य पक्षधरहरुको १३ बुादे असहमति मध्ये केही जारी केन्द्रीय कमिटिको बैठकबाट र बैचारिक असहमतिलाई महाधिवेशनबाट अन्त्य गर्ने गरी विवाद समाधान हुने ठोकुवा गरे । उनले भने–असहमतिमा छलफल जारी छ केही अहिले र केही महाधिवेशनबाट टुङग्याउाछौ ।

पार्टीभित्रको अन्र्तद्धन्द्धलाई लक्षित गर्दै उनले अहिलेकै रुपमा  गए शान्ति र संविधान निर्माणको जिम्मेवारी कुनै पनि हालतमा पुरा हुनै नसक्ने भन्दै उनले मेरो गोरुको बाह्रै टक्का जस्तो ब्यवहार नगर्न  आग्रह पनि गरे।
सभासद बालकृष्ण ढुङगेलको मुद्दा ब्यक्तिगत नभई क्रान्तिकै क्रममा भएकोले यसलाई ब्यक्तिगत मुद्दाको रुपमा लिन नहुने भन्दै राष्ट्रपति कार्यकारी नभएकोले मन्त्रीपरिषदको निर्णय स्विकार्नु पर्ने बताए। उनले सो मुद्दामा विवाद गरे गडबड हुने भन्दै अप्रत्यक्ष रुपमा धम्कि समेत दिए ।

Posted by Butwalonline on 7:56 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "छिट्टै ५ वटा जहाज ल्याउने गरी काम भईरहेको पर्यटनमन्त्रीको खुलासा"

Leave a reply