|

इजरालयले ८० हजार नेपाली कामदारलाई रोजगार दिने


काठमाण्डौं असार २० - इजरालयले कृषि क्षेत्रमा काम गर्ने ८० हजार नेपाली कामदार लिने भएको छ।इजरालयली राजदूत गोडेर  का अनुसार कामदारलाई पाँच बर्षको प्रबेशाज्ञा -भिसा)  उपलब्ध गरिने छ ।

यस अघि इजरायलले नेपालबाट घरेलु कामदार लैजाने गरेको थियो । प्रक्रियामा अनियमितता भएपछि इजरायलले नेपाली कामदार लिन रोक लगाएको थियो ।म्यानपावर कम्पनीले माग नै नभएको ठाउँमा पनि जथाभावी कामदार पठाईदिदा समस्या भएको थियो । यो समस्या सम्बोधन गर्न नेपालले निर्देशिका तयार गर्ने प्रतिबद्धता जनाएको थियो ।

दुई बर्ष यता इजरायल नेपाली कामदारका लागि फुकुवा भएपनि प्रक्रिया सहज नभएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिएका छन् । इजरायल घरेलु कामदारको रुपमा नेपालीको श्रम गन्तव्य हो । त्यहाँ अहिले ८ हजार नेपाली कामदार रहेका छन् ।
समाचार ऑनलाइन खबर बाट 



Posted by Butwalonline on 7:40 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "इजरालयले ८० हजार नेपाली कामदारलाई रोजगार दिने"

Leave a reply