|

पर्राहा बनकट्टामा अस्पताल निर्माणार्थ महायज्ञ हुने

लक्ष्मण पोखरेल,बुटवल,कार्तिक २२ रुपन्देहीको पश्चिम पर्राेहा बनकट्टामा प्राकृतिक चिकित्सा शिक्षण अस्पताल
निर्माणार्थ महायज्ञ हुने भएको छ । यहि मंसिर २२ देखि ३० सम्म आयोजना हुने बिराट श्रीमद्भागवत सप्ताह ज्ञान एवं बिशिष्ट धन—धान्याञ्चल महायज्ञको तयारीकालागि बिभिन्न जिल्ला रुपन्दहीका बिभिन्न गाबिसमा समितिहरु पनि गठनलाई तिब्रतादिईएको छ ।

महायज्ञ आयोजक मूल समारोह समितिले आज बुटवलमा पत्रकार सम्मेलन गरि महायज्ञ सम्पन्न गर्नका लागि बिष्णु कुमार कार्कीको संयोजकत्वमा १ हजार १ सदस्यिय मूल समारोह समिति गठन गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै संयोजक कार्कीले करिब ५० करोडको गुरुयोजनामा अस्पताल सहित बिभिन्न संरचना बनाउने गरि काम अगाडि बढाईएको बताउनुभयो ।

महायज्ञमा बालब्यास पण्डित नारायण कृष्ण चरणामृत बाट संगितमय कथा बाचनको कार्यक्रम रहेको नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्रका अध्यक्ष राम प्रसाद भट्टराईले बताउनुभयो । महायज्ञबाट करिब ८ करोड रकम संकलन गर्ने उद्धेश्य राखिएको छ । नागरिकको जीवनमा प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सेवाको पहुच बिस्तारका लागि नेपालमै
पहिलोपटक यस्तो खालको महायज्ञ गर्न लागेको आयोजकको दाबि छ ।मूल समितिले बरिष्ठ पत्रकार डि आर घिमिरेको संयोजकत्वमा प्रचार प्रसार समिति पनिगठन गरेको छ ।

यसक्षेत्रका उद्योगी,ब्यबसायि,शैक्षिक ब्यबक्तित्व,राजनैतिक दल,पत्रकार तथा अन्य भक्तजनलाई महायज्ञ सफल बनाउनका लागि आयोजकले आग्रह छ ।पत्रकार सम्मेलनमा उपस्थित सबै सञ्चारकर्मीलाई महायज्ञ आयोजकले प्रचार समितिमा मनोनयन गरि प्रमाणपत्रले सम्मान गरेका थिए । सो अबसरमा महायज्ञ आयोजक मूल समारोह समितिका महासचिब शालिकरा भण्डारी,सिता घिमिरे,प्रचार संयोजक डि आर घिमिरे लगायतले बोल्नुभएको थियो । नेपाल सामुदायिक योग तथा
प्राकृतिक चिकित्सा केन्द्रले बनकट्टादेखि ६ सय मिटरउत्तर तर्फ ८ बिगाहा क्षेत्रफलमा योगशाला, अनाथआश्रम, प्रबेशद्वार, जडिबुटी उद्यान, गौशाला लगायतका संरचना निर्माण लगायतका योजना अगाडि सारेको छ ।

Posted by Butwalonline on 6:10 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पर्राहा बनकट्टामा अस्पताल निर्माणार्थ महायज्ञ हुने"

Leave a reply