|

सुरक्षामा स्पष्ट नितिनभए सम्म सामाजिक उत्तरदायीत्वको विषय ओझेलमा

लक्ष्मण पोखरेल बुटवल । कार्तिक, २३– राज्यको इमान्दारीता र लगानीकर्ताहरुको लगानी सुरक्षामा स्पष्ट निति नबन्दासम्म सामाजिक उत्तरदायीत्वको विषय ओझेलमा पर्ने बुधवार बुटवलमा आयोजित एक कार्यक्रममा उद्योगिहरुले बताएका छन् । सामाजिक उत्तरदायीत्व विकास र राज्यको नीतिसंग प्रत्यक्ष जोडिएको हुदा त्यसको समायोजनमा ध्यान दिन कार्यक्रममा आग्रह गरिएको थियो ।

रुपन्देही उद्योग संघ बुटवल र त्रिभुवन विश्व विद्यालय व्यवस्थापन विभागको सहकार्यमा बुटवलमा आयोजित औद्योगिक प्रतिष्ठानहरुको सामाजिक उत्तरदायित्व विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सो धारणा व्यक्त गरेका हुन ।कार्यक्रममा सहभागि उद्योगि व्यवसायीहरुले संस्थागत र व्यक्तिगत लगानीकर्ताहरुले कुनै न कुनै रुपमा सामाजिक उत्तरदायित्व निभाएको दावी गर्दै त्यसलाई संस्थागत कसरी गर्ने भन्ने बारेमा राज्यसंग कुनै अवधारणा नरहेको गुनासो गरेका थिए ।

उनीहरुले सामाजिक दायीत्वको विषयमा अझै पनि विवाद रहेको र त्यो देश अनुसार फरकफरक हुने हुदा त्यसमा छलफल हुनु जरुरी रहेको बताएका थिए । कार्यक्रमका बारेमा प्रकाश पार्दै राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवं प्राध्यापक डाक्टर पुष्कर बज्राचार्यले उद्योग व्यवसायीहरुको सामाजिक उत्तरदायित्व अपरिहार्य भएकोले उक्त योगदानको उचित कदर गरिनुपर्नेमा जोड दिनु भएको थियो । वहाले अन्तर्राष्ट्रिय जगतमा भैरहेको सामाजिक उत्तरदायित्वको अवस्था रहाम्रो मुलुकको अवस्थामा धेरै भिन्नता रहेको धारणा राख्दै सामाजिक उत्तरदायीत्वका बारेमा स्पष्ट हुन सकेमा राज्यलाई नीति निर्माण गर्न सजिलो हुने बताउनु भयो ।

त्रिभूवन विश्व विद्यालय उनुदान आयोगको सहयोगमा देश व्यापी रुपमा भैरहेको छलफलका क्रममा भएको कार्यक्रममा टिम लिडर समेत रहनु भएका बज्राचार्यले उत्तरदायीत्व विहिन कुनै पनि विकास दिगो नहुने हुदा त्यसमा सबै सजग हुनुपर्ने र राज्य यसमा अझ बढी गम्भिर रहनु पर्ने सुझाव दिनु भयो । रुपन्देही व्यापार संघका का.वा.अध्यक्ष पदम श्रेष्ठले रुपन्देही व्यापार संघले समाजमा पु¥याएको योगदान बारेमा आप्mना धारणा राख्नु हुदै आपूmहरुले समाजमा पु¥याएको योगदानप्रति राज्यको कुनै चासो नरहेको गुनासो गर्नुभयो ।

अन्तरक्रियामा संघका अध्यक्ष तेज कुमार पाठकले उद्योगीहरुले प्रत्यक्ष एवं परोक्ष रुपमा समाजमा गरिरहेको योगदान बारेमा चर्चा गर्नुृभएको थियो । रुपन्देही उद्योग संघले अगाडि सारेका सामाजिक दायित्वपूर्ण योजनाहरुका बारेमा निवर्तमान अध्यक्ष एजाज आलमले आप्mनो धारणा राख्नु भएको थियो । लुम्बिनी इटा व्यवसायी संघका अध्यक्ष बिष्णु कार्कीले इटा व्यवसायीहरुलाई राज्यले गर्दै आएको उपेक्षका बावजुद व्यवसायीहरुले समाजमा पु¥याएको योगदान सम्बन्धमा आप्mना भनाईहरु राख्नु भएको थियो ।

कार्यक्रममा संघका कानूनी सल्लाहकार यमलाल खनाल, प्राविधिक सल्लाहकार टंक कंडेल, संघका कार्यसमिति सदस्य रामप्रसाद बस्याल, नारायण भण्डारी, रुपन्देही व्यापार संघका कार्यसमिति दया भण्डारी, जे.पी. कंडेल, उद्योगी नेत्रनारायण भण्डारी लगायतले बोल्नुभएको थियो । संघका अध्यक्ष तेजकुमार पाठकको अध्यक्षता, महासचिव गणेश प्रसाद अधिकारीको संचालन, द्वितीय उपाध्यक्ष दिनेशराज रेग्मीको स्वागतमा कार्यक्रम भएको थियो ।

Posted by Butwalonline on 6:21 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सुरक्षामा स्पष्ट नितिनभए सम्म सामाजिक उत्तरदायीत्वको विषय ओझेलमा"

Leave a reply