|

पाल्पामा सौर्य खानेपानी आयोजना सञ्चालन


मुक्तिप्रसाद न्यौपाने,भदौ १०, पाल्पा-ग्रामीण विकास संघ (रेडा) पाल्पाले जिल्लाको दुई गाउा विकास समितिमा
ग्रामीण सामुदायिक सौर्य खानेपानी आयोजना सञ्चालन गरेको छ ।
     
बुधबार पाल्पामा गरिएको एक कार्यक्रममा कूल २६ लाख २ हजारको लगानीमा खादर ग्रामीण सामुदायिक सौर्य खानेपानी आयोजना झिरुवास गाविसमा र २३ लाख १९ हजारको लगानीमा देवीस्थान ग्रामीण सामुदायिक सौर्य खानेपानी आयोजना सहलकोट गाविसमा शुरुवात भएको बताइएको छ । विभिन्न दातृ निकायहरुको सहयोगमा जैविक उर्जा सहयोग कार्यक्रम अन्तर्गत आयोजना सञ्चालन हुने रेडाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले बताए ।
       
कूल १०८ घरधुरीलाई लक्षित गरेर सौर्य खानेपानी आयोजना सञ्चालन गर्न लागिएको हो । सौर्य खानेपानी आयोजनाकालागि सिभिल कार्य सम्पन्न भैसकेको निर्देशक कार्कीले बताए । समयको बचत गरी आर्थिक आय आर्जनमा वृद्धि गर्न र शुद्ध खानेपानी सेवा उपलब्ध गराउन आयोजना सञ्चालन गर्न लागिएको हो । पाल्पा सहित नौ जिल्लामा रेडाले सशक्तिकरण तथा आयआर्जन, लघुजलविद्युत, जैविक उर्जा, समुदायमा आधारित सौर्य खानेपानी, ग्रामीण सरसफाई लगायतका विभिन्न
परियोजनाहरु २०४९ सालदेखी सञ्चालन गर्दै आइरहेको छ ।
     
यसैबिच रेडाले उर्जाको संस्थागत विकास कार्यक्रममा २ करोड ८८ लाख,लघुजलविद्युतमा २ करोड ६८ लाख, आयआर्जन प्रवद्र्धनमा २ करोड ३९ लाख बराबरको बार्षिक बजेट सार्वजनिक समेत समेत छ । ‘भोकालाई एक छाक होईन, जीउने
आधार सिकाउा’ भन्ने नारा बाकेको रेडाले पाल्पामा एक कार्यक्रम गरेर बजेट सार्वजनिक गरिएको हो ।

Posted by Butwalonline on 5:50 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाल्पामा सौर्य खानेपानी आयोजना सञ्चालन"

Leave a reply